माओवादी केन्द्रले पदाधिकारी टुंगो लगायो,को को भए पदाधिकारीहरु

7
SHARES
15
VIEWS

काठमडौं । नेकपा(माओवादी केन्द्र)को आठौं महाधिबेशन भएको लामो समय पछि पदाधिकारीको टुंगो लगाएको छ । माओवादी केन्द्रको स्थायि समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा नारायाण काजि श्रेष्ठ,उपाध्यक्षमा कृष्ण बहादुर महरालाई तोकेको छ । त्यसै गरी चर्चामा नआएका नेता देव गुरुङ महासचिव भएका छन ।

उपमहासचिवमा भने वर्षमान पुन,पम्फा भुसाल,जनार्दन शर्मा,गिरिराजमणि पोख्रेल,शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल रहेका छन । त्यसै गरी सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेको बताइएको छ ।

कोषाध्यक्षमा भने श्रीराम ढकाल(प्रशान्त)लाई सर्वसम्मत गरिएको छ । यस अघि महाधिवेशनबाट पुष्पकमल दाहाल(प्रचण्ड)लाई अध्यक्षमा सर्वसम्मत गरेको थियो ।स्थायि कमिटीमा प्रस्ताव लिएको माओवादी केन्द्रले जनाएको छ ।अहिले स्थायि समितिको बैठक जारी रहेको र कार्यक्षेत्र विभाजनका बारेमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित