रास्कोटमा कृषक परिचय पत्र वितरण गरिने

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको रास्कोट नगरपालिकाले कृषकहरुको बर्गिकरण गर्दै कृषक परिचय पत्र प्रदान गर्ने भएको छ ।

रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले आर्थिक वर्ष २०७७।०७८मा नगरपालिका भित्रका कृषकहरुले उत्पादन गरेको वस्तुको वजार व्यवस्थापन गर्ने र वास्तविक उत्पादन मुखि कृषकहरुलाई क,ख,ग र घ सम्म बर्गिकरण गर्ने र सोही अनुसार राहत लगाएतका कार्यक्रम लागु गर्ने बताउनु भएको छ ।

कृषिको सम्भावना भएको रास्कोट नगरपालिकामा तरकारी,फलफुल,विरुवा लगाएतका क्षेत्रमा काम गर्ने कृषकहरु र नामका मात्र कृषकहरुले राहत तथा कृषि कार्यक्रम लिने क्रम बढेपछि वर्गिकरणको अवधाराणा लागु गर्न लागिएको बताइएको छ ।

नगरपालिकामा माटो परिक्षण मेसिन ल्याइएको सोही अनुसार माटो परिक्षण गर्ने र कुन क्षेत्रमा के उत्पादन हुन्छ  पकेट क्षेत्र निर्धारण गर्ने योजना नगरपलिकाले ल्याएको छ ।

कृषि क्षेत्रमा रास्कोटको वडा न. २को जनालिकोट वडा न. ८को बामनथान पलांतिबाडा,वडा न. ९को बालुखेत,चुत्रिकोट,ताम्ति लगाएतका ठाउँमा व्यवसायिक कृषि खेति गरिदै आएको छ भने माथिल्लो क्षेत्र सिप्टि विसालि लेक क्षेत्रमा पनि फलफुल पकेट क्षेत्रको अत्यन्तै सम्भावना भएकाले स्याउ जोन कार्यक्रम लागु भएको छ ।
रास्कोट नगरपालिकाको निति तथा कार्याक्रममा कृषि उत्पादनलाई सहकारी तथा कृषक समुह मार्फत वजारीकरणको उचित व्यवस्थापनमा नगर सरकारले विशेष ध्यान दिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित