हिमचुलिको आगामी वर्षको योजना तर्जुमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको सबै भन्दा ठुलो व्यवसायि तथा कारोबार गर्दै आएको सहकारी संस्थाले आगामि वर्ष लागु गर्ने कार्यक्रमको तर्जुमा जारी राखेको छ । जिल्लाका सबै स्थानिय तहमा सेवा कार्यालय भएको हिमचुलि कृषि सहकारी संस्थाले पहिलो चरणमा सबै सेवा कार्यालयको योजना तर्जुमा शुरु गरेको छ । पछिल्लो समयमा सेवा कार्यालयहरु मान्म,थिर्पु, गाल्जे, जारकोट, , रास्कोट र मेहलमुडिको योजना तर्जुमा सम्पन्न गरेको छ ।

असार पहिलो साताबाट शुरु गरेको योजना तर्जुमा गोष्ठि पिलि,पादमघाट,कुमालगाउँ सेवा कार्यालय बाहेक ६ वटा सेवा कार्यालयमा सम्पन्न भएको संस्थाका निरिक्षक सिहं बहादुर शाहीले बताउनु भएको छ । संस्थाका निरिक्षक र आलेपको नेतृत्वमा योजना तर्जुमाको लागि पठाइएको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

मुख्य व्यवस्थापक आचार्यले लक डाउनका कारण योजना तर्जुमा गोष्ठि ढिलो हुन गएको बताउदै आगामी वर्ष जिल्ला बाहिर सेवा कार्यालय स्थापना गर्ने,जिल्लामा कोसेलि घर स्थापना गर्ने, यस अघि बन्द भएको डेरी पुन संचालनमा ल्याउने, सबै स्थानिय तहमा सुपथ मुल्य पसल संचालन गर्ने,एक सेवा कार्यालय एक उत्पादनमा जोड दिने तयारी रहेको बताउनु भएको छ ।

आगमी वर्ष कृषिलाई लक्षित गरेर कार्यक्रम अगाडी बढाउन लागिएको बताइएको छ । संस्थाका अध्यक्ष काली बहादुर महताराले संस्थाको उद्देश्य अनुसार कारोवार नभएकाले अबको संस्थाको मुख्य काम कृषि सम्बन्धि हुने बताउनु भएको छ ।

हाल संस्थाका ९ वटा सेवा कार्यालय,१२ हजार पांच सय सदस्य,२२ करोड बढि कर्जा प्रवाह र १२ करोडको हाराहारीमा बचत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित