कालीकोट । लामो समय देखि रिक्त रहेको जिल्ला अस्पताल व्यवस्थापन समितिले पूर्णता पाएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतले नयाँ पदाधिकारीलाई मनोयन गरे संगै पूर्णता पाएको हो ।
जस अनुसार कालीकोट जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा(माओवादी केन्द्र) उपत्याका प्रदेश समितिका सहसचिव गोगन मल्ल मनोनित भएका हनु । उनि संगै नेकपा(माओवादी केन्द्र)बाट महिला सदस्यमा ज्ञानदेवि न्यौपाने(बुढा),नेपालि कांग्रेसका तर्फबाट पटक बहादुर शाही र एकिकृत समाजबादीका अग्र बहादुर बोगटी सदस्यमा मनोनित भएको जिल्ला अस्पताल कालीकोटले जनाएको छ ।
यस अघि उक्त व्यवस्थापन समितिमा खांडाचक्र नगरपालिकाका सरोज बोगटी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थिए ।अस्पताल व्यवस्थापन समितिमा राजनैतिक भागबण्डका आधारमा समिति मनोनयन हुने प्रचलन रहेको छ ।
Discussion about this post