पचालझरनाले स्थानिय पाठ्यक्रम बनाउदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले स्थानिय पाठ्यक्रमको तयारी गरेको छ । गाउँ पालिका भित्रको अवस्थालाई मध्यनजर गर्दै विज्ञको उपस्थितिमा नयाँ पाठ्यक्रम बनाउन शुरु भएको पचालझरना गाउँ पालिका शिक्षा शाखा प्रमुख नमराज शाहीले बताएका छन ।

गाउँ पालिकाले गएको वर्ष स्थानिय पाठ्यक्रम बनाउने भएपनि विभिन्न कारणले ढिलो भएकाले नभएको र यस वर्ष शुरु गरिएको बताए । विज्ञहरुको उपस्थितिमा खाका तयारी गर्ने र शिक्षक तथा सरोकारवालाहरुका विचमा छलफल गर्ने योजना रहेको शाखा प्रमुख शाहीले बताएका छन ।
गएको वर्ष समिति गठन गरिएको र त्यसले पटक पटक छलफल गरेर अहिले अन्तिमचरणमा रहेको शाहीले बताए । पाठ्यक्रम विकास केन्द्रले स्थानिय तहले एउटा आफ्नै स्थानिय पाठ्यक्रम बनाउने उल्लेख गरिएको छ ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले जिल्लामा स्थानिय पाठ्यक्रम बनाएर लागु गर्नेमा पचालझरना रहेको र शिक्षा शाखालाई यस वर्ष तयारी गरी कार्यपालिकामा पेश गर्ने निर्देशन दिएको बताएकी छन ।उनले जिल्लाको पहिलो पालिका पचालझरना गाउँ पालिका हुने उपाध्यक्ष बमले बताइन ।

अन्य स्थानिय तहले समेत स्थानिय पाठ्यक्रम बनाउन शुरु गरेको बताइएको छ । जिल्ला शिक्षा इकाइ प्रमुख चन्द्र प्रसाद अधिकारीले कालीको्ट जिल्लाका कुनै पनि स्थानिय तहले पाठ्यक्रम बनाएर लागु गर्न नसकेको तर तयारीमा रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित