पचालझरनामा विद्यार्थि भर्ना अभियान शुरु

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पचालझरना गाउँ पालिकाले भर्ना अभियान शुरु गर्ने भएको छ । लक डाउन खुकुलो भए संगै जिल्लामा चहलपहल शुरु भए पछि भर्ना अभियान शुरु गर्न लागिएको छ ।

पचालझरना गाउँ पालिका स्थित शिक्षा समितिको बैठकले असार तेस्रो साता अर्थात असार १८ गते देखि भर्ना अभियान शुरु गर्ने जनाएको छ ।

पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेल द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ चैत्र ११ गते देखि लक डाउनका कारण ठप्प भएको पठन पाठनलाई सुचारु गर्नका लागि असार १८ गते भित्र सबै शिक्षकहरुलाइ उपस्थित हुन भनिएको छ । जिल्लामा पाठ्यपुस्तक पुगे संगै विद्यालय भर्ना अभियान थाल्ने पचालझरना गाउँ पालिका पहिलो रहेको बताइएको छ ।

सो समय सम्म क्वारेन्टाइन रहेका विद्यालयहरुको बारेमा के गर्ने भन्ने सुचनामा कुनै उल्लेख गरिएको छैन ।
पचालझरना गाउँ पालिकामा ८ वटा मावि र १९ वटा आधारभुत विद्यालय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित