पलांताका सबै वडामा महिलाहरुलाई डिजे सहित नगद हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट ,पलांता गाउँ पालिकाले सबै वडामा नगद सहित डिजे हस्तान्तरण गरिएको छ ।पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा जैसीले प्रत्येक वडाका महिला संजालहरुलाई नगद रकम २५ हजार,डिजे एक र तिज कार्यक्रममको व्यानर हस्तान्तरण गरिएको हो । पलांताका सबै वडामा कुल दुई लाख २५ हजार नगद पालिकाले सहयोग गरेको बताइएको छ ।

पलांता महिला तथा वालवालिका शाखा प्रमुख सरिता बमका अनुसार महिलाहरुको विशेष कार्यक्रम तिज भएकाले पालिकाले उक्त कार्य गरेको बताएकी छन । उनले भनिन यस अघिको सरकारले महिला मैत्रि कार्यक्रम नगरेको भएपनि आगामि दिनमा स्थानिय सरकारले महिलाहरुको हितका लागि कार्यक्रम अघि बढाउने बमको भनाई रहेको छ ।

पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा जैसीले पलांताका महिलाहरु चुलोचौकोमा मात्र सिमति भएर नहुने भन्दै आफ्ना आधिकारका लागि निरन्तर अघि बढ्न आग्रह गर्दै स्थानिय सरकार त्यसका लागि सदाबहार साथमा रहने बताएकी छन ।

पलांता गाउँ पालिकाले प्रत्येक वडाहरुमा तिज विशेष कार्यक्रम मनाउन गाउँ पालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित