साक्षरता दिवसको अवसरमा पचालझरनाले नृत्य,निबन्ध प्रतियोगिता गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले राष्ट्रिय साक्षरता दिवसको अवसरमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । पचालझरना शिक्षा शाखाले दिएको जानकारी अनुसार आगामि असोजमा हुने राष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

शिक्षा शाखा नमराज शाही प्रमुख शाहीका अनुसार अन्तरास्ट्रिय साक्षरता दिवशको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरिय कविता लेखन र वाचन, अन्तर आधारभुत स्तरिय कक्षा देखि ८सम्म निवन्ध प्रतियोगिता र अन्तर आधारभुत स्तरिय कक्षा १ देखि ५ सम्म नृत्य प्रतियोगिता गर्न लागेको बताए ।

गाउँ पालिका स्तरिय प्रधानध्यापकहरुको बैठकले विद्यालयमा अभिभावक,शिक्षक,जनप्रतिनिधि ,विद्यार्थी ,विब्यस र शिक्षासग सम्बन्धित सरोकारवालाको विच अन्तरक्रिया गर्दै विद्यालयमा कोचिङ कक्षा सँचालन गर्ने र सामाजिक लेखापरीक्षण नभएका विद्यालयहरुमा भाद्र मसान्तभित्र गर्ने समेत निणर्य भएको बताइएको छ ।शिक्षामा देखियका समस्या र समाधानका उपाय सम्वन्धि वृहत शैक्षिक गोष्ठिको आयोजना गर्ने समेत निणर्य भएको् शिक्षा शाखा प्रमुख शाहीले बताए ।

त्यसै गरी पचालझरनाले स्थानिय पाठ्यक्रम तयारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित