विपन्न वर्गको क्षेत्रमा लघुवित्त कोशेढुंगा सावित भएको छ-आरएमडिसी कार्यकारी अधिकृत ओझा

7
SHARES
15
VIEWS

कालीकोट । लघुवित्तको क्षेत्रमा काम गर्दै आएको आरएमडिसिका कार्यकारी निर्देशक जोतिषचन्द्र ओझाले ग्रामिण क्षेत्रका महिलाहरुलाई लघुवित्तले ठुलो योगदान गरेको बताएका छन । उनले ग्रामिण क्षेत्रका धिता नपाउने महिलाहरुमा बैंकहरु नपुगेको अवस्थामा विना धितो कर्जा प्रवाह गरेर व्यवसायमा अग्रसर गराएको बताएका छन ।

आरएमडिसि लघुवित्त वित्तिय संस्थाले विभिन्न वित्तिय संस्थाहरुलाई थोक कर्जा प्रवाह गर्नुका साथै सहकारीहरुलाई प्रवद्धनको काम समेत गरेको बताएका छन । देशभर अर्बौंको कारोबार गर्दै आएको आरएमडिसि लगाएतका संस्थाहरुको योगदानमा कमि नरहेको बताए ।

उनले भने देश शान्तिपूर्ण अवस्थामा आइसके पछि ग्रामिण क्षेत्रमा वित्तिय कारोबार बढेर व्यवसायमा ठुलो फड्को मारेको दावि गर्र्दै केही ठाउँमा नकरात्मक प्रभाव परेको भएपनि त्यो भन्दा राम्रा काम भएको बताएका छन ।

धितो राख्नका लागि सम्पति नभएकाहरुले केही गर्ने आशा मनमै राखेर बस्नु पर्ने बाध्यता हटेको बताउदै अहिले महिलाहरुले कसैको भरमा नपरी व्यवसाय गर्ने र कमाउदै मासिक रुपमा बुझाउने गरेका राम्रा उदाहरणहरु देशभर तमाम रहेको ओझाको दावि छ ।कारोबार दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित