संघियता आइसकेपछि ८० प्रतिशत भष्ट्राचार-बढ्यो रणविर

7
SHARES
15
VIEWS

कोहलपुर ।विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य भरत बम(रणविर)ले संघिय संरचना पछि गाउँमा आएको सिंहदरबारले भष्ट्राचार बढाएको आरोप लगाएका छन । नेकपा कालीकोटको सान्नित्रिवेणि गाउँ पालिकाको मेहलमुडीमा भएको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता रणविरले सो कुरा बताएका हुन ।

नेपालमा विकासि बजेट एक लाख आएपछि ८० हजार भष्ट्राचार हुने र १५ देखि २० हजार सम्म मात्र जनताको हातमा आउने गरेको बताउदै जनता सचेत नहुंदा सम्म कुनै हालतमा यहि सत्ताबाट आश गर्नु पर्ने वातावरण नहुने बताएका हुन ।

अहिलेको अवस्थामा भष्ट्राचार भएको थाहा पाएपछि पत्रकारहरुले समेत समाचार नलेख्ने गरेको बताउदै पत्रकार समेत भष्ट्राचारमा अछुतो नरहेको नेता रणविरको भनाई रहेको छ । उनले् अगाडी भने त्यति मात्र नभई जो भष्ट्राचार गरेर अगाडी पछाडी दुइ चार जना मान्छे हिंडालेर घरघडेरी जोडेपछि बल्ल त्यसले राजनैतिक गरेको काम लागेको भनेर प्रंशा जनाताबाट हुने गरेको बताउदै जनताहरुले भष्ट्राचारीहरुलाई साथ नदिन समेत आग्रह गर्दै रणविरले अहिलेको सरकार दलालहरुको पक्षमा रहेकाले एकिकृत जनक्रान्ति मार्फत मात्र बैज्ञानिक समाजवाद आउने र जनताले भने अनुसारको व्यवस्थाको ग्यारेन्टि हुनेमा आफुहरुको संघर्ष जारी रहेको बताएका छन ।

अर्काे प्रसंगमा यहि सरकार संग तिन बुद्धे सम्झौता गरेर आफुहरु शान्तिका लागि आएर स्थानिय निर्वाचनको समेत उपयोग गरेको तर अहिलेको देउवा सरकारले वारेन्ट जारी गरेर युद्धमा धकेल्न खोजेकाले आगामि निर्वाचनमा भाग लिने नलिने निश्चित नभएको तर्फ संकेत गरेका छन ।

तिन बुद्धे सम्झौता कार्यन्वयन र वारेन्ट जारी फिर्ता लिनु पर्नेमा नेता रणविरको जोड रहेको छ । नेकपा कालीकोटले तेस्रो जिल्ला सम्मेलन मार्फत नयां नेतृत्व चयन गर्ने बताइएको छ । उक्त सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी (विराट)शक्ति विका लगाएतका नेताहरुको उपस्थिति रहेको र जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)को अध्यक्षतामा कार्यक्रम भएको जिल्ला सदस्य पदम विकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित