महाबैले थाल्यो अबैध मदिरा नष्टको अभियान

7
SHARES
15
VIEWS

कालीकोट ।महाबै गाउँ पालिकाले घरेलु मदरा नियन्त्रण थालेको छ । महाबै गाउँ पािलका वडा न.२मा मदिरा नष्ट तथा सरसफाइ कार्यक्रम शुरु गरेको छ ।

महाबै गाउँ पालिका २का वडा अध्यक्ष हर्क बहादुर सिंहको पहलमा प्रहरी चैकि पादमघाटको समन्वयमा अबैध मदिरा नष्ट गरिएको छ ।इलाका प्रहरी कार्यालय पादमघाटका प्रमुख प्रहरी नायव निरिक्षक सुर्य बहादुर शाहीको अगुवाईमा मदिरा नष्ट गरिएको बताइएको छ ।

त्यसका साथै वडा न.२का स्थानियबासि,युवा तथा महिलाहरुको सहभागितामा बजार सरसफाइ समेत गरिएको छ ।प्रहरी निरिक्षक शाहीका अनुसार पारिवारिक कलहले समाजमा असर पार्ने भएकाले घरेलु मदिरा नष्ट गर्नु परेको बताउदै यस अभियानमा सबैको साथ जरुरी रहेको बताएका छन ।

२५० लिटर अबैध मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
बैध मदिराले समेत समाजमा असर पारेको भन्दै महिलाहरुले गाउँमा रहेको महंगो मदिराको बारेमा पनि स्थानिय सरकारले निश्चित मापदण्ड लागु गर्नु पर्नेमा जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित