पलाताका बिषयमा सत्यतथ्य स्थलगत रुपमा बुझेर समाचार लेख्नु पर्छ-प्रबक्ता बुढा

7
SHARES
15
VIEWS

कालीकोट । पलाता सरकारका प्रबक्ता तिलक बुढाले पलाताका बिषयमा सत्यतथ्य लेख्न आग्रह गरेका छ्न ।उनले पछिल्लो समयमा पलाताका आधिकारिक ब्यक्ती संग नबुझेर मनोमानी समचार लेखेको प्रती आपत्ती ब्यक्त गर्दै सो कुरा बताएका हुन।
प्रबक्ता बुढाको भनाइ यस्तो छ :
पलाँता गाउँ पालिकाको विभिन्न बिषयमा लेख्नुहुने सम्पुर्ण मिडिया बाट प्रतिनिधित्व गर्नुहुने संचारक्रमि साथिहरुलाई पलाँता गाउँ पालिकाको तर्फबाट हामि हजुर हरुलाई आग्रह गर्नचाहान्छौ कि यदि हजुरहरु साँच्चिकै सत्यतथ्य सुचना तथा समाचार सम्प्रेषण गर्ने उदेश्यले लाग्नु भएकोछभने पलाँताको बारेमा केई लेख्नुछ भने पलाँताको सुचना साखामा सम्पर्क गरेर एक पटक सो घटनाको बारेमा बुझेर मात्र लेखनकालागि पनि आग्रह गर्दछौं किनकि हजुरहरुले कसैको भनेको भरमा कसैबाट सुनेको भरमा सम्प्रेषण गरेका ति सूचना र समाचारले पलाँता गाउँ पालिकाको कार्यसम्पादन र जनविश्वास माथि आँच आईरहेको पनि हजुर हरुलाई सूचना गर्दछौं करिब दुई तिन महिनादेखि विभिन्न मिडिया बाट सम्प्रेषण भएका धेरै समाचारहरु अत्यन्तै गलत र तथ्य हिन भएकाले समाजमै नभएका र हुनै नसक्ने सुचना हरु सम्प्रेषण गरि रास्ट्को चौथो अंगको रुपमा रहेको संचार जगतमा पनि हजुरहरुको यस्तो लेखाईले नागरिकले संखा र प्रश्न गर्ने बाटो खुल्छकि भन्ने चिन्ता पनि उतपन्न हुन थालेकोछ।

हजुरहरुले नबुझेर लेखेका समाचारहरु
१ पलाँता अस्पतालको बारेमा
२ सहिद आवासीय विद्यालयको बारेमा
३ पलाँता रेडियोको बारेमा
४कर्मचारी व्यवस्थापनको बारेमा
५ पुराना आयोजनाको भुक्तानीका बारेमा
लगायतका थुप्रै बिसयमा लेख्नु भएकोछ तर यो सरासर पित पत्रकारिता भएको हामिले महसुस गरिरहेका छौ ।
१.किनकि पलाँता अस्पतालमा सबै व्यवस्थापन हुदा हुदै पनि समय नाघेको औसधिलाई लिएर भाईरल गर्नु भयो जबकि त्यो औसधिको समयत २०७८पौष १५ भित्रै सकिएकोछ हामित २०७९ जेष्ठ ५ गते आएर जेठको करिब १५ गते बाट पलाँताको सरकार समालेका छौ करिब ६ महिना सम्म अघिल्लो सरकारले त्यो औसधिको र्‍याकमा हेर्योकि हेरेन यसको बिसयमा कैलेई कसैले लेख्नुभोकि भएन ?
२.सहिद आवासीय विद्यालयको बारे हजुरले सहिद आवासीय विद्यालय आर्थिक व्यवस्थापन गर्न नसकेर बन्द गरिएको भनेर लेख्नु भएकोछ तेसो हैन ३२ जना विद्यार्थीकोलागि १३ जना कर्मचारी छन करोडौंको रासन खरिद भएकोछ लाखौं रुपैया छुट्टाईको छ तर कर्मचारीले तलब पाएकाछैन इनि सबै विषयलाई मिलाएर लैजानछ एसको बिसयमा कैलेई लेख्नुभोकि भएन ?
३.पलाँता रेडियोको बारेमा पालाँता रेडियोको नाममा करोडौंको बजेट छुट्टाईएको देखिन्छ तर कर्मचारीले तलब पाएकाछैन्न रेडियो दुई वर्ष देखि नविकरण नगरेर लाईसेन्स खारेज भैसकेकोछ कुनै हिसाब किताब छैन ? रेडियो स्थापनाकालदेखि खट्टिएर काम गरेका पत्रकारहरुलाई जबर्जस्ती बिनाकारण हटाईएकोछ एसको बिसयमा कैलेई केहि लेख्नु भोकि भएन ?
४.कर्मचारी व्यवस्थापनको बारेमा पलाँता हामि आउँदा कर्मचारीहरुले कामगरेको तलब पाउन तिन करोड पचास लाख पाउन बाँकि थियो त्यसैमा तलब दिन मिल्ने एक करोड पचास लाख बजेट थियो सबैलाई तिन तिन महिनाको तलब खुवाएर अब दुई करोड तलब दिन बाँकि छ क्षमता भन्दा बडि कर्मचारी राखेर तलब व्यवस्थापन गर्ननसकि बिचारा गरिबका छोरा छोरिहरुलाई रुवाएको कैले काँई लेख्नु भयोकि भएन ?
५.पलाँता गाउँ पालिकामा निर्माण भैसकेका आयोजना हरुको रु तेह्र करोड दुई लाख सन्ताउन्न हजार पाँच सए तिर्न बाँकिछ तलब र आयोजनाको गरि कुल १५ करोड दुई लाख सन्ताउन्न हजार पाँच सय गाउपालिकालाई बेरोजिमा डुवाएको कैलेकाँई लेख्नु भयो कि भएन ?
त्यसैले एक्कासि परिआउने घटना बाहेक अरुकुनै संस्थागत तथा प्रत्येक्ष जनता संग जोडिएका सत्य तथ्य समाचार लेखनका लागि बास्तबिक भुगोलमा नपुगि आफ्नो कार्यकक्षको रिग्ने कुर्सीबाट लेखेका समाचारले यथार्थ सुचना नपुग्ने र मिडिया पनि बस्तुभाउ जस्तै किनबेच हुदो रैछ भन्ने संका लाग्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित