हिमचुलि द्धारा खांडाचक्र नगरलाइ राहत

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको खांडाचक्र नगरपालिकामा हिमचुलि कृषि सहकारी संस्था लि.द्धारा राहत सामाग्रि हस्तान्तरण गरिएको छ ।

आरएमडिसि लघुवित्त वित्तिय संस्था लि.काठमाडौंको आर्थिक सहयोगमा जिल्ला स्थित हिमचुलि कृषि सहकारी संस्था लि.ले आज एक कार्यक्रमको विच खांडाचक्र नगरपालिकामा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको व्यवस्थापनका लागि मसिनो चामल १० बोरा,१ पेटी तेल सहयोग गरेको हो ।

संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार खांडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डेलाई संस्थाका सचिव सरोज बोगटीले हस्तान्तरण गर्नुभएको बताउनु भएको छ । यस अघि विभिन्न ठाउँमा स्थापना गरिएका नागरिकहरुलाई राहत पुगोस भनेर खाद्यन्न सामाग्रि हस्तान्तरण गरिएको थियो ।यस अघि रास्कोट नगरपालिकामा १५ बोरा मसिनो चामल,दुई पेटी तेल र साबुन प्रदान गरिएको थियो ।

उक्त सहयोग आरएमडिसि लघुवित्त वित्तिय संस्था लि.काठमाडौं सामाजिक उत्तरदायित्व अनुसार जिल्लाका दुई स्थानि तह रास्कोट र खांडाचक्र नगरपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई व्यवस्थापन गर्न आरएमडिसी संग भएको सम्झौता बमोजिम उक्त राहत कोरोना क्षेत्रमा सहयोग गरिएको बताइएको छ ।

हिमचुलि कृषि सहकारी संस्थामा सरसफाईका लागि १ हजार लिटरका तिन वटा ड्रम समेत गरी १ लाख २५ हजार बराबरको आर्थिक सहयोग गरिएको हो। वित्तिय सेवा दिदै आएको आरएमडिसिले देशभरका साझेदार संस्थाहरुलाई आर्थिक सहयोग गरेको बताइएको छ ।

जिल्ला भर कार्यक्षेत्र भएको सबै भन्दा ठुलो तथा व्यवसायिक सहकारी संस्था ले नौ वटै स्थानिय तहमा सेवा कार्यालय विस्तार गरी विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । यस अघि सहकारी संस्थाले जिल्लाका नौ वटा स्थानिय तहका क्वारेन्टाइनको व्यवस्थापनका लागि ३ लाख बराबरको खाद्यन्न, सरसफाई सामाग्रिहरु वितरण गरिएको थियो ।
आरएमडिसि लघुवित्त वित्तिय संस्था विभिन्न वित्तिय कारोवार गर्ने संस्थाहरुलाई वित्तिय लगानि र क्षमता अभिबृद्धि सम्बन्धि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित