रास्कोटमा प्रथम मुख्यमन्त्रि शाहीको उपस्थितिमा नमुना वस्ति हस्तान्तरण,घर पाउदा स्थानिय खुशि

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटका ७३ घरधुरीलाई आधुनिक घर हस्तान्तरण गरिएको छ । कर्नालि प्रदेश सरकारको लगानिमा एक सय घर निर्माण भए संगै हस्तान्तरण गरिएको छ । कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा समुदायलाई हस्तान्तरण गरिएको छ ।

रास्कोट नगरपालिका वडा न. ७को पुछ्रेगाउँ वस्तिका ७३ घर परिवारलाई गाउँको नजिकमा रहेको पोखरीचौरमा ५ लाखका दरले व्यवस्था गरेको प्रदेश सरकारले घर सम्पन्न भएपछि आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा राप्रपाका केन्द्रिय महामन्त्रि धन बहादुर बुढा,नगर प्रमुख धर्मराज शाही,पचालझरना गाउँ पालिकाका अध्यक्ष देवराज शाही,रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बराल लगाएतका नेताहरुको सहभागितामा वस्ति हस्तान्तरण गरिएको बताइएको छ ।

वस्ति हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम मुख्यमन्त्रि शाहीले गाउँलाई नमुना बनाउने काम भएको र यहि नमुना वस्तिबाट आम्दानिका लागि नमुना बनाउन स्थानियलाई आग्रह गरेका छन । कर्नालि प्रदेश सरकारको ३ करोड ६५ लाख लगानिमा उक्त वस्ति निर्माण भएको हो । गएको वर्ष रास्कोट नगरपालिकाका वडा न. १,२ र ३मा पनि नमुना घर निर्माण गरिएका थिए । आर्थिक वर्ष २०७८।०७९मा रास्कोट ७का एक सय घरधुरीमा घर निर्माण गर्नु पर्नेमा २७ घरको रकम फ्रिज भएको बताइएको छ ।

परम्परागत रुपमा निर्माण भएका घर भन्दा सौचालय सहितको व्यवस्था गरिएको घर सरकारले बनाएपछि नयाँ घरमा बस्न पाउदा आफुहरु जस्ताका लागि ठुलो राहतको महसुस भएको गंग महताराले बताए । उनका अनुसार हुनेले राम्रो घरमा बस्ने चाहना भएपनि आर्थिक अभावले रहर अधुरै रहेको कयौंको घर बनेकोमा संघियताले गरिव दुखिका लागि ठुलो सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित