संघिय सांसदमा जिवन बुढाको दावि,डिभिजन कमाण्डर संग भिसिको प्रतिष्पर्धा

7
SHARES
15
VIEWS

कालीकोट । लोकप्रिय नेताका रुपमा चिनिदै आएका जिवन बुढा संघिय सांसदको दावेदार रहेको छन । कालीकोट जिल्लाबाट यस अघि राष्ट्रिय सभाको सदस्य समेत रहेका जिवन बुढा पूर्व जनमुक्ति सेनाका डिभिजन सह कमाण्डर हुन । उनि सबैका सामु मिजासिलो भाषा बोल्ने नेताका रुपमा चिनिदै आएका छन । यस पटक भने बुढा संघिय सांसदको दावेदार रहेका छन ।तत्कालिन जनमुक्ति सेनामा कार्यरत रहंदा जिवन बुढा डिभिजन कमाण्डर महेन्द्र बहादुर शाहीको सहकमाण्डर रहेर काम गरेका थिए ।

यस अघि संघ र कर्नालि प्रदेशको सांसद समेत भइसकेका कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको संघिय सांसदका लागि आकाँक्षि रहेको माओवादी श्रोतको दावि रहेको छ ।नेकपा(माओवादी केन्द्र) कालीकोट बैठककमा रस्साकस्सि भएको र अधिकांस कार्यक्रता र नेताहरुले एक पटक निर्वाचनमा भाग लिएर भुमिका पुरा गरेकाहरु भन्दा फरक नेताहरुलाई सिफारिस गर्नु पर्ने आवाज उठेको बताइएको छ । कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाही संगै वतर्मान सांसद दुर्ग बहादुर रावतले समेत दावि गरेको बताइएको छ ।यसरी तिन जनाले संघिय सांसदमा दावि गरे संगै प्रदेशमा पनि त्यहि संख्यामा दावि रहेको बताइएको छ ।

माओवादी श्रोतका अनुसार जिवन बुढाले संघिय सांसदमा दावि गरेको र कार्यक्रताहरुले समर्थन गरेको बताएका छन ।बैठकमा दुई थरी आवाज उठेको समेत बताइएको छ । एक थरीले संघमा मेहन्द्र बहादुर शाही,प्रदेश निर्माचन क्षेत्र (क)मा यशोदा न्यैपाने र (ख) तर्फ विष्णु विकको प्रस्ताव आएको छ भने अर्काे तर्फ संघिय सांसदमा जिवन बुढा,प्रदेश निर्वाचन क्षेत्र (क)मा गंगा बोगटी र निर्वाचन क्षेत्र (ख)मा काशि चन्द्र बरालको नाम चर्चामा आएको बताइएको छ ।

नेकपा(मोओवादी केन्द्र) कालीकोटको बैठक भने जारी रहेको र यस अघि ५० जनाले दावि गरेको समेत माओवादी केन्द्रका एक नेताले कर्नालि संचारलाई बताए । उनले भने थरिथरिका प्रस्ताव आएकाले कुनै पनि नेताको टुंगो नलागेको र नाम समेत सिफारिस हुन नसकेको बताइएको छ ।

कालीकोट जिल्लामा भने अन्य पार्टीका नेताहरुले भने धमाधम पार्टीबाट सिफारिस गरिसकेको छन । एमालेबाट एकल रुपमा पार्टीका केन्द्रिय सदस्य नगिन्द्र शाहीलाई सिफारिस गरेको छ भने नेपालि कांग्रेसले तिन जनाको नाम सिफारिस गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित