Skip

News Portal

  • स्थानिय सरकार सम्हालेको एक सय दिन शुसासनमा ल्याउन ठिक्क भयो-पलांता सरकार प्रवक्ता बुढा

    कर्नालीसंचार संवाददाता२२ भाद्र
    ५३८ पटक
    २२ भाद्र

    सांस्कृति कला र पत्रकारीता क्षेत्रमा चिनिदै आएका पलांता सरकारका प्रवक्ता एवंम पताला गाउँ पालिका वडा न.४का वडा अध्यक्ष तिलक बुढा संग स्थानिय सरकारको जिम्मेवारी लिएर कामको थालनि गरेको एक सय दिन पुरा भएका छन । यहि सन्दर्भमा प्रवक्ता बुढासंग पलांतामा भएको उपलब्धि र अघिल्लो सरकारले गरेका कामकार्वाहीका बारेमा कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडी संग गरिएको संक्षिप्त कुराकानि :

    सर्वप्रथम यहाँलाई हार्दिक बधाई सफल कार्यकालको शुभकामना

    धन्यवाद कस्तो छ पलांता सरकारको अवस्था ?

    सरकार सम्हालेको एक सय दिन पुरा भएको छ ,के के भए उपलब्धि ?

    सर्वप्रथम त पलांता सरकारको जिम्मेवारी सम्हालेको एक सय दिनमा अन्य उपलब्धि भन्दा पनि विथितिलाई शुसासनमा ल्याउन ठिक्क भएको छ । यस अघिको सरकार जति चर्चामा रहेपनि लोकप्रियताका लागि बाहेक जनताको हितमा कुनै पनि काम गरेको देखिन्न ? त्यसो भनिरहदा यस अघिको ५ वर्षे कार्यकालमा काम नभएको भन्ने होइन । हामिले देखेको भनेको शुसासन भन्ने कुनै पनि पक्षमा देखिएन । निति बनाइएका छन तर कार्यन्वयन मनपरी तरिकाले भएका छन । सरकार संचालक र निति बनाउको तालमेल त्यहि अनुसार देखिन्छ ।

    त्यसो भए पलांतमा कुन कुन कुराहरुमा अभाव देखिन्छ ?

    अहिले पलांतमा देखिएका समस्याहरु धेरै छन तर पनि पहिलो समस्या भनेको शुसासनको अभाव हो । बनाइएका निति तथा कार्यविधि अनुसार काम भएको छैन । अधिकांस निति बनाइएका नितिको कार्यन्वयन हुने गरेको तर राजपत्रमा प्रकाशित नभएको पाइएको छ ।मनोमानि तरिकाले सत्ता संचालन गरेको देखिन्छ । कहाँबाट आफुलाई फाइदा हुन्छ त्यो बाहेक अन्य तिर ध्यान नगएको पाइएको छ ।

    दोस्रो समस्या भनेको विकास निर्माणका काम कार्वाहीमा समस्या देखिएको छ । वजेट अनुसार काम भएको छैन । समुदायले विकास निर्माणको लागि आवश्यक भयो के गरौं ? भन्ने वित्तिकै काम गर्न आदेश दिएको तर पालिकामा बजेट नभएको पाइएको छ । विकास निर्माणका कामको अधिकांस सम्झौता बिना काम भएको कतै पेश्कि दिएको त कतै काम हुंदै गरेको भएपनि रकमान्तर गरेर अर्काे विकास निर्माणमा भएको पाइएको छ ।

    २०७६।०७७का भुक्तानि दिन समेत बांकी रहेको देखिन्छ । अहिलेको सरकार त केवल पहिलेको सरकारले लगाएको ऋण तिर्न मात्र सिमित हुने देखिन्छ ।अहिले पलांता गाउँ पालिकामा १५ करोड रकम ऋणात्मक छ । हामीलाई वितरण गर्ने रकम आएको १० करोड छ भने पुरानो भुक्तानि गर्ने १५ करोड कसरी विकास निर्माणको काम हुन्छ ।


    अधिकांस निति बनाइएका नितिको कार्यन्वयन हुने गरेको तर राजपत्रमा प्रकाशित नभएको पाइएको छ ।मनोमानि तरिकाले सत्ता संचालन गरेको देखिन्छ । कहाँबाट आफुलाई फाइदा हुन्छ त्यो बाहेक अन्य तिर ध्यान नगएको पाइएको छ ।


    १० सैया पलांता अस्पतालमा १९ जनाको दरबन्दि हुनु पर्नेमा २९ जना नियुक्ति गरिएको थियो भने सामान्य स्वस्थ्य इकाइमा तिन जना सहयोगि खटाइएको छ । त्यस भित्र पनि एक जनाको तलव तिन जनाले भाग गरेर खाने रे ? यस्तो पनि छ । त्यति मात्र होइन ।कसैले गाउँ पालिका अध्यक्षलाई कर्मचारी हाल्नु पर्यो हजुर भन्ने वित्तिकै विना नियुक्तिको काममा खटाइएको छ ।कर्मचारीको साइज घटाएका छौं ।अहिले ९७ जना स्वस्थ्यका कर्मचारीबाट ४९ जनामा व्यवस्थापन गरिएको छ ।

    तेस्रो समस्य भनेको पलांता गाउँ पालिकाले संचालन गरेको यातायातका साधनको आम्दानि कता छ भन्ने केही उल्लेख छैन तर तेल खरिद गरेका र मर्मत लाखौंका विलहरु गाउँ पालिकाबाट भुक्तानि गरिएका छन ।४ वर्ष सम्मको यातायातको आम्दानि कहाँ कस्ले लिएको भन्ने थाहा छैन ।


    अहिले पलांता गाउँ पालिकामा १५ करोड रकम ऋणात्मक छ । हामीलाई वितरण गर्ने रकम आएको १० करोड छ भने पुरानो भुक्तानि गर्ने १५ करोड कसरी विकास निर्माणको काम हुन्छ ।


    व्यक्तिका गाडीहरु आम्दानि गरेर एकको ठाउँमा दुई गाडी खरिद गर्ने तर गाउँ पालिकाले संचालन गरेको गाडीको आम्दानि सुन्य हुनु दुखको कुरा हो ।

    चौथो समस्या भनेको स्थानिय सरकारले संचालन गरेको रेडियोको हरिविजोक छ ।अहिले रेडियो संचालनमा छैन । न त नविकरण गरिएको छ । न त गाउँ पालिकालाई कागजजातहरु बुझाइएको छ । उक्त रेडियोको व्यवस्थापनका लागि रकम लिएको छ तर बेहाल छ । पलांता सरकारले यस अघि पलांता गाउँ पालिकामा सबै संगको समन्वय तथा सहकार्यको अभाव रहेको पाइन्छ ।पलांताका साझा सवालमा कसरी जान सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय संगको तालमेल सहकार्यको अभाव रहेको देखिन्छ । जहाँ एकल तरिकाले अघि बढेको देखिदै आएको थियो । सोही कारण जनता,पार्टी र सत्ता संगको तालमेल नभएको हो ।

    त्यसो भए अबको तपाईको मिसन के हो ? भिन्न के के कुरामा गर्ने हो ?

    हामीले स्थानिय सरकार संचालनका लागि विज्ञहरुको राय सुझाव लिएर अघि बढ्ने तयारीमा छौं । सबै भन्दा पहिले त निति नियम र कार्यविधि बनाई सोही अनुसार अघि बढ्ने हो । त्यस पछि यस अघिका विकास निर्माणका कामका बारेमा उचित छानविन गरेर वास्तविक काम भएका तर रकम भुक्तानि नपाएका समुदायलाई श्रोत व्यवस्थान गर्ने हो । हामीले चाहेको पलांताको आत्मनिर्भरता हो । दिर्घकालिन रणनैतिक योजना हो । तत्कालका समस्याको समाधान मात्र नभई भोलिका दिनमा आउने समस्यालाई मध्यनजर गर्दै योजना बनाउने तयारीमा छौं ।सबै संग सहकार्य,समन्वय मार्फत अघि बढ्ने तयारीमा छौं ।

    गाउँ पालिकामा हामीले सामाजिक सुरक्षा भत्ता गाउँमा वितरण गर्न शुरु भएको छ । स्थतलगत रुपमा कामको बारेमा जानकारी लिन थालिएको छ ।जनता संग प्रत्यक्ष रुपमा गुनासो सुनेर सोही आधारमा अघि बढ्न प्रयास भएको छ ।चर्चामा आउने तर समुदायमा समस्या ज्युका त्यु रहने प्रथाको अन्त गर्न अहिलेको सरकारको विशेष भुमिका हुन्छ ।सुचना सम्प्रेषणमा एक रुपता ल्याउदै एक द्धारमा अघि बढ्ने हो ।

    पलांति जनतालाइ अन्तमा के भन्नु हुन्छ ?

    पलांताको सम्बृद्धिका लागि व्यक्ति चर्चामा आउनु ठुलो कुरा होइन ।पलांताको वास्तविक धरातलिय यर्थाताका आधारमा परिवर्तनको महसुस नभएको अवस्था छ । हामीले पलांताका सरोकारवाला निकायहरुको राय सल्लाह सुझाव मार्फत अघि बढ्ने हो । दिर्घकालिन रणनैतिक योजनालाई अघि बढाउनका लागि अहिलेको सरकार अघि बढ्ने हो । जहाँ अभाव रहन्छ रचनात्मक सुझावको अपेक्षा गरेका छौं ।

    हामीले नगरे कस्ले गर्ने अब विगतको तिता मिठा कोट्याउने समय हैन । शुरुवातिमा जे जति भएपनि अब हामीले जनताको पक्षमा काम गर्ने हो । त्यसका लागि अहिलेको गाउँ पालिका अध्यक्ष विष्णु रोकाया, अलैपुरा जैसी लगाएतका सबै वडा अध्यक्षहरु चिन्तित हुनुहुन्छ । कसरी पलांता विगत भन्दा फरक गर्ने भन्नेमा लागि परेका छौं । समुदायमा केही चमक आउने गरेर काम गर्ने हो ।धन्यवाद

    प्रतिकृया दिनुहोस्