कालीकोट । रास्कोट नगरपालिकाले जिल्लाकै चर्चित मेलाका रुपमा चिनिदै आएको आरसिपि बजारका मेलालाई लक्षित गरेर मदिरा निशेधित क्षेत्र घोषणा गरेको छ । स्थानिय मेला पर्वलाई संयमित गर्दै झैझगडा कम गर्न मेला अवधिभर मदिरा निशेधित क्षेत्र घोषणा गरिएको रास्कोट नगरपालिकाले जनाएको छ ।
रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज शाही द्धारा हस्ताक्षरित सुचनामा रास्कोट नगरपालिकाका भाद्र २७ गते सम्म मेला हुने स्थान आरसिपि बजार देखि माथि स्युना सम्मका पूर्वमा बयलपाटा,पश्चिममा लडेखाला,उत्तरमा बसन्तपुर पानि ट्यांकी र दक्षिणमा रानागाउँ मोड सम्मको क्षेत्र भित्र मदिरा बेचखिन तथा सेवन गर्न नपाइने बताइएको छ । उक्त मेलामा विभिन्न छिमेकी जिल्लाका साथै स्थानियको बाक्लो उपस्थिति हुने गर्दछ ।
Discussion about this post