हिमचुलि सहकारीका १५ वर्षमा प्रवेश, कसरी भयो ? सहकारी स्थापना, को को हुन संस्थापकहरु

7
SHARES
15
VIEWS

कालीकोट । वित्तिय तथा गैरवित्तिय क्षेत्रमा छोटो समयमा नाम कमाउन र समुदायलाई सेवा दिएको हिमचुलि कृषि सहकारी संस्था लि.को १५ वर्ष प्रवेश गरेको छ । २०६५ साल भदौ २५ गते २५ जना समुदाय मिलेर स्थापना भएको सहकारी संस्थाले १५ वर्ष प्रवेश गरेको छ ।

तत्कालिन फुकोट गाविसका अध्यक्ष रहेका रास्कोट नगरपालिकाका पुर्व मेयर काशिचन्द्र बरालको अगुवाईमा सहकारी संस्थाको स्थापना गरिएको थियो । २०६५ साल साउन २९ गतेका दिन साविकको मान्म गाविसको बद्रिगाउँमा २५ जना समुदायहरुको विचमा भेला गरी योगेश्वर पाण्डेको अध्यक्षतामा संस्था स्थापना भएको हो ।उक्त सहकारी संस्थाले कालीकोट जिल्लाका साविकका ३० वटै गाविसमा वित्तिय तथा गैरवित्तिय कारोबार गर्दै समुदायमा छरिएर रहेको पुंजि संकलन गरेर सेवा दिदै आएको छ । शुरुवातिमा प्रविधिको कठिनाई व्यहोदै आएको अवस्थामा जिल्ला सदरमुकाम मान्म बजारमा सहकारी संस्थाले इटेलि सेन्टरमा काम गरेको थियो ।

शुरुवातिको चरणमा विद्युतको पहुंच नपुगेको सदरमुकाममा सोलार प्रणलिबाट फोटो कपि गर्नु पर्ने र सो वापत चर्काे शुल्क तिर्नु पर्ने बाध्यताका विचमा सहुलियत दरमा फोटो कपि शुरु गरेको थियो । सोही सिलसिलामा विभिन्न सेवा दिदै आएको सहकारी संस्थाले २०७० सालमा पिलि,रास्कोट लगाएतका ठाउँमा सेवा केन्द्र स्थापना गर्दै सदस्यहरुलाई ग्रामिण क्षेत्रमा सेवा दिएको थियो । जिल्लाभर ९ वटा सेवा कार्यालय संचलन गरेको सहकारी संस्थामा १४ वर्ष पुरा गरी १५ वर्ष प्रवेश गरेको छ ।
संक्षिप्त इतिहांस :
सर्व प्रथम नेपालमा २०१३ सालमा स्थापना भएको सहकारीको इतिहांस संगै कालीकोट जिल्लामा जनयुद्धका क्रममा स्थापना भएको कम्युनहरुको नमुनाका आधारमा अघि बढ्दै २०५५ सालमा मान्म सदरमुकाम बजारमा सहकारी स्थापना गरेर जाने बुझेकाले बदनाम गरेको परिवेशमा सहकारी प्रतिको धारणा भने निकै फरक थियो । जहाँ जिल्लाभर एनजिओको विगविगिका रुपमा रहेको कालीकोट जिल्लामा कठोर निणर्य लिदै रास्कोटका काशिचन्द्र बरालले सहकारीको अबधारणा अघि सारेका थिए ।

२५ जना मान्छे त्यहि पनि गाउँमा भेला गरेर शुरुवाति गरेको सहकारी अघि बढाउन आफ्नो व्यसायलाई थाति राख्दै २०६५ साल पौष महिनामा रास्कोटका स्थायि बासि बांकेको नेपालगंजमा व्यवसाय गर्दै आएका भिम प्रसाद बरालले व्युराक्रेसिको नेतृत्व गरेर कुनै पनि कठिनाई नआउने गरेर जिम्मेवारी सम्हाल्दै यहाँ सम्म पुगेको हो ।

त्यस भित्रका साथ दिने कर्मचारीहरु जगेन्द्र प्रसाद आचार्य(हालका मुख्य व्यवस्थापक)को समर्पण,सिंह बहादुर शाहीको वित्तिय क्षेत्रको अनुभव र बाहिरको सेवा अनुगमन तथा दैनिक प्रशासनिक कामको जिम्मेवारी लिएका रुपेन्द्र ऐडी लगाएतका तमाम जनशक्तिको त्याग तपस्याका कारण संस्थाका काम कार्वाही अघि बढेका थिए । संचालकको क्षेत्रमा लामो समय सम्म भुमिका पुरा गरेका संस्थापक अध्यक्ष काशीचन्द्र बराल,हालका अध्यक्ष काली बहादुर महतारा लगाएतले दिएको निति निर्देशन तथा नेतृत्वले संस्थाको विकासमा झन छर्लाङ हानेको थियो ।

यस सहकारी संस्थाले छोटो समयमा जनताको मन जित्न सफल भएर १३६५१ जना सदस्यहरुमा ३६ करोड २० लाख कर्जा लगानि हुनुका साथै १८ करोड बढि बचत संकलन गरेको छ । ४६७० जना कर्जा लिएर व्यवसाय गर्दै आएको सहकारीमा ५० जनाले प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा ७ हजार बढिले सेवा प्राप्त गरेका छन । संस्थाले हाल वित्तिय तथा गैरवित्तिय कारोबारका साथै अर्गानिक पसल,सुपथ मुल्य पसल,दुध डेरी,एग्रोभेट,आइएमइ,सौर्य उर्जा कृषि उत्पादन तथा बजारीकरण लगाएतका काम गर्दै आएको छ ।

यस सहकारी संस्थाको पहिलो भेलाले मान्म गाविस वडा न.८का ताडीका शिक्षक योगश्वर पाण्डेको अध्यक्षतामा पहिलो भेला भएको थियो । उक्त भेला पछि गरिएको दोस्रो भेलाबाट रास्कोटका काशिचन्द्र बराललाई अध्यक्ष बनाउने गरी तदर्थ समिति गठन गरेको थियो ।

उक्त समितिमा निम्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तपसिल
अध्यक्ष काशीचन्द्र बराल
उपाध्यक्ष चिन्तामणि आचार्य्
सचिव नन्दऋषि भटराई
कोषाध्यक्ष जगेन्द्र प्रसाद आचार्य
सदस्यहरु रुपेन्द्र बहादुर ऐडी,

कटक महत,

हरि बहादुर सिंह,

विमला बराल,

रामाकान्त आचार्य,

रत्न प्रसाद पाण्डे,

मणिराम पाण्डे,

गुरु जैसी,

विनकल्या बराल,

गणेश प्रसाद आचार्य,

योग्यश्र पाण्डे,

धनसिंह कामी,

अक्कल बहादुर मल्ल,

श्रीमति ऐना शाही,

जग आचार्य,

भरत प्रसाद आचार्य,

चन्द्रमणि आचार्य,

काशिकला आचार्य,

लक्ष्मि प्रसाद भटराई,

सर्पराज पाण्डे

र खडग कामी रहेका थिए ।

सम्पूर्ण संस्थापक सदस्यहरुले एक हजारका दरले शेयर संकलन गरेर सहकारी स्थापना गरिएको थियो । सहकारी क्षेत्रमा ज्ञानको अभावको भएको अवस्थामा डिभिजन सहकारी कार्यालय जुम्ला,जिल्ला सहकारी संघ तथा सहकारी रजिष्टारको कार्यालय सुर्नेत,जिल्लाका सबै स्थानिय तहको महत्वपूर्ण जनप्रतिनिधिहरुको ठुलो सहयोगका कारण १३ हजार ६सय ५१ जना सदस्यहरु आवद्ध रहेका छन ।
जिल्लाका तपसिलको स्थानमा सेवा कार्यालयहरु रहेका छन ।
१.खांडाचक्र सेवा कार्यालय (मान्म)
२.पिलि सेवा कार्यालय (पिलि)
३.रास्कोट सेवा कार्यालय (स्युना)
४.नरहरिनाथ सेवा कार्यालय(कुमालागाउँ)
५.तिलागुफा सेवा कार्यालय(गाल्ज्े)
६.पलांता सेवा कार्यालय(थिर्पु)
७.महाबै सेवा कार्यालय(पादमघाट)
८.सान्नित्रिवेणि सेवा कार्यालय(मेहलमुडी)
९.पचालझरना सेवा कार्यालय(पडेक्षा)
१०.सहकारी मुख्य कार्यालय(केका मान्म)
हालका संचालक समितिहरु
१. अध्यक्ष काली बहादुर महतारा,

बरिष्ठ उपाध्यक्ष सरोज बोगटी,

उपाध्यक्ष दमिला शाही,सचिव पौरख विक,

कोषाध्यक्ष कृष्णकला पाण्डे,

सदस्यहरु

सृजना शाही,

धनलाल अधिकारी,

सर्जन बुढा,

पुल्तिदेवि ऐडी,

मनिता विष्ट,

निल सुनार,

नरेन्द्र आचार्य

धनकृष्ण न्यौपाने रहेका छन

लेखा समिति

संयोजक बल बहादुर बुढा,

सदस्यहरु

धनशोभा महतारा,

अक्कल मल्ल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित