रास्कोट नगरको नमुना काम,परम्परागत सिपलाई आधुनिकि करण गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले समाजमा परम्परागत सिप अगांल्दै आएको माटोका भांडा बनाउने समुदायलाई आधुनिक सिप सिकाउन शुरु गरेको छ । रास्कोट नगरपालिकाको वडा न.३ कुमालबाडाका समुदायलाई माटोका भांडा बनाउन आधुनिक सिप सिकाउन थालेको हो ।

आज एक कार्यक्रममा विच रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल सहितको उपस्थितिमा एक महिने आधुनिक सिपमुलक तालिम शुरु गरिएको हो । हामीले बनाछौं हाम्रो नगर भन्ने मुल नारा र हाम्रो गौरव नेपालि पनमा स्वदेशी श्रम सिप सृजना गरौं , लोपोन्मुख परम्परागत माटोका भांडा बनाउने १ महिने तालिम शुरु भएको बताइएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण)ले अब परम्परागत सिपको जमाना गएको र आधुनिक जमाना अनुसार समुदायलाई आधुनिक सिप सिकाउने अभियान अन्तरगत रास्कोट नगरपालिकाले सो काम शुरु गरेको बताउदै आधुनिक कलालाई रास्कोटमा मात्र नभई देशभर चिनाउन समेत समुदायलाई आग्रह गरेका छन । उनले भने सिप सिकेर आफु आत्मनिर्भर बनेर पहिचान समेत कायम गर्न अनुरोध समेत गरेका छन ।

रास्कोट नगरपालिकाको वडा न.३ कुमालबाडामा विगत लामो समय देखि माटोका भांडा बनाउदै आएका थिए ।आज आधुनिक मेसिन मार्फत माटोका विभिन्न कला भएका सामान बनाउन पाउंदा आफुहरु खुशि भएको स्थानियले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित