जिल्लाभरका स्थानिय मेला पर्व सम्पन्न,धामिनाचको महत्व बेग्लै फोटोफिचर)

7
SHARES
15
VIEWS

कालीकोट । ग्रामिण क्षेत्रमा रमाइलोका रुपमा लिदै आएको धामि नाच एक साथ सम्पन्न भएका छन ।
जिल्लाका पलांता गाउँ पालिकाको थिर्पुको ठुलामाडु,रास्कोटको डांडामाडु र सान्निवेणिको रकु लगाएतका ठाउँमा पुर्णिमाको अवसरमा अन्तिम मेला पर्व सम्पन्न भएका हुन । जिल्लाको सबै भन्दा बढि रास्कोट नगरपालिकाको आरसिपि बजारमा हजारौं भक्त जन अर्थात आन्तरिक पर्यटकको उपस्थितिमा रमाइलो गर्दै सम्पन्न भएको छ ।
रास्कोट नगरपालिकाको सबै भन्दा ठुलो महत्वका साथ हेरिने मेला पवर्बाबाट हजारौंको व्यापार भएको छ भने जिल्ला भित्र तथा बाहिरबाट हजारौं रंगालु भक्तजन उपस्थिति रहेको बताइएको छ ।रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण)ले रास्कोटका मेलालाई परम्परागत रुपमा निरन्तरता दिदै आधुनिकताको पहिचान कायम राख्ने गरी अघि बढ्नु पर्ने बताएका छन ।
यस मेलामा रमाइलोको लागि स्थानिय तथा न्याउला खेल कासाथै देउडा पनि लगाउने गरिएको छ । सबै भन्दा बढि मन पराउने खेलका रुपमा लिएको देउडामा चर्चित खेलाउडा नेत्रराज शाही र निर्मला शाही, पानसरा थापा विचको दोहोरी देउडा शुरु भएको थियो ।
स्थानियले धित मर्ने गरी दउडा खेल हेर्ने गरेको बताइएको छ ।विगत वर्ष झै यस वर्ष पनि मेला पर्वबाट हजारौं भक्तजनले मनोरञ्जन लिन सफल भएको बताइएको छ ।

तस्विर समाजिक संजालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित