रैथाने परिकार सिप सिकाउदै कृषि विकास कार्यालय

7
SHARES
15
VIEWS

कालीकोट,असार ।जिल्लामा रैथाने बालिको संरक्षण बढे संगै त्यसबाट बन्ने परिकारका लागि कृषि विकास कार्यालय कालीकोटले कृषकहरुलाई सिप सिकाउन थालेको छ ।

जिल्लाका व्यवसायि गर्दै आएका होटल संचालक तथा होम स्टेका प्रतिनिधिहरुलाई प्रांगारिक तथा रैथाने परिकार विषयक तालिम संचालन गरेको बताइएको छ ।

सदरमुकाम मान्मको होटल स्विसवेलमा संचालन गरिएको तालिममा १६ जना होटल तथा होम स्टे संचालकहरुको सहभागिता रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताउनु भएको छ । वहांका अनुसार जिल्लामा उत्पादित प्राङ्गारिक कृषि उत्पादित वस्तु कोदो,जौ,फापर मकै,चिनो,कागुनु बाट बनाउन सकिने परिकारका बारेमा तालिम दिन लागिएको बताउदै यसको उपयोग गर्न सकेमा मनग्गे आम्दानि लिन सकिने वहांँको भनाई रहेको छ ।

 

जिल्ला कृषि विकास कार्यालय कालीकोटले यस अघि पनि होम स्टे व्यवस्थापन सम्बन्धि तालिम दिएको थियो । जिल्लामा एक मात्र होम स्टे रहेको सान्नित्रिवेणिका कृषकहरुले प्राङ्गारिक उत्पादन गर्ने सोको उपयोग गर्न होम स्टे संचालनमा ल्याएका हुन ।

कर्नालि प्रदेश सरकारले सान्नित्रिवेणि गाउँ पालिकालाई प्राङ्गारिक पकेट क्षेत्रका रुपमा लैजान प्राङ्गारिक कार्यक्रम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित