कालीकोट । गएको शनिबार पलाता गाउँ पालिका पुर्ब अध्यक्ष लक्ष्मण बमले पत्रकार धन बहादुर शार्किमाथी गरेको आक्रमण प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस सेन्टर कालीकोटका सचीव पुर्ण सिंह बम द्वारा हस्ताक्षर बिज्ञप्तिमा एक्काइसौं शताब्दिमा भन्न बोल्न पाउने अधिकारलाई बेवास्ता गर्दै पुर्ब अध्यक्ष लक्ष्मण बमले पत्रकार सार्की माथी गरेको आक्रमण निन्दनीय भएको जनाएको छ ।
उक्त घटनाका दोषि लक्ष्मण बमलाइ कानुनी कार्बाहिका लागि जोडदार माग गरेको छ ।पिडित पत्रकार शार्किले आफू असुरक्षित रहेकाले मान्म पुगेको बताउदै कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छ्न ।
आफुलाइ गाउँ जाने वातावरण गरिदिन पत्रकार महासंघ,नागरिक समाजलाई अनुरोध गरेका छ्न ।
Discussion about this post