फोटो खिच्न अस्पताल आउछ्न ?तर सहयोग कसैले गर्दैनन :क्यान्सर पिडित शाही

7
SHARES
15
VIEWS

कालिकोट । बझाङका एक ब्लड क्यान्सर पीडित चक्र बहादुर शाहीले आफुलाइ ठुलाबडा नेताहरुले सहयोग गर्ने आश्वासन दिएर फोटा हानेर  जाने गरेको बताएका छ ।शाहीको उपचारका लागि समुदायको पहलमा आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर-१ बझाङको कैलाश घर भएका शाही यतिबेला काठमाडौंको सिभिल हस्पिटल नयाँ बानेश्वरमा जीवन मरणको दोसाँधमा बाचेका छन्।

आफूलाई भेट्न बझाङका ठूला-ठूला नेताहरु त आए,तर केही सक्दो सहयोग गरौला भनेर ठूलो आश मात्र दिलाए। आफूलाई यो दुखको बेला बझाङका कुनै पनि नेताहरुले सहयोग नगरेको पिडीत शाहीले बताएका छन्।

केही दिन अगाडि मात्र बझाङका सहइन्चार्ज ऐन महर र त्यो भन्दा पहिला बझाङका माननिय भैरव बहादुर सिंह र माननिय आशा कुमारी बिक आफूलाई भेट्न त अस्पतालमा आए, तर उनीहरुले त्यतिबेला भनेका थिए, आफूलाई सक्दो सहयोग गरौंला भनेर त्यो केबल उनीहरुको भनाइमा मात्र सिमित रहेको र आफूलाई झुटो आश्वासन दिएको पिडित शाहीले बताएका छन्।

क्यान्सर पिडित शाहीले सहयोगी मन भएकाहरुलाई सहयोग गरिदिन सम्पूर्णमा अपिल गरेका छन्।सहयोग संकलन गर्न एभरेष्ट बैंक लिमिटेडको बझाङ शाखामा खाता खोलिएको छ । ‘चक्र बहादुर शाही बचाउ ’ नामको बैंक खाता नम्बर ‘०५४००५०१२०००२१’ संचालन गरिएको अर्थजंग शाहीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित