कालीकोट । लामो समय देखि रिक्त रहेको कालीकोट जिल्ला अस्पताल ब्यबस्थापन समितिले पुर्णता पाएको छ । आइतबार अस्पताल ब्यबस्थापन समिती कालीकोटका अध्यक्ष गोगन बहदुर मल्ल सहितका पदाधिकारीहरुले कार्यभार सम्हालेका हुन ।
अध्यक्ष संगै सदस्यहरुमा ज्ञानदेबी न्यौपाने(बुढा),पटक शाही,अग्र बहादुर बोगटीले पदभार ग्रहण गरेको बताइएको छ ।
पदभार ग्रहण पछि बसेको पहिलो बैठकले करारमा रहेका कर्मचारीको म्याद थप्ने र क्यान्टिन संचालनका लागि निरन्रता दिने दिने भएको समितिका सदस्य पटक बहादुर शाहीले बताए ।
उनले भने साउन देखि लागु हुने गरी कर्मचारीहरुको म्याद थप्ने बारेमा समितिको पूर्णता पछि म्याद थप्ने भएकाले सो निणर्य गरिएको बताए ।
Discussion about this post