सहकारीका मुद्दा दलहरुका घोषणापत्रमा समेट्न महासंघले सुझाव बुझाउदै

7
SHARES
15
VIEWS

काठमाडौ ।राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा सहकारीका मुद्दाहरुलाई समेट्न आग्रह गर्दै सुझाव बुझाउन थालेको छ ।

मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा( माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  र नेकपा(एमाले)का महासविच शंकर पोखरेललाई  घोषणापत्रमा सहकारीका मुद्दा सम्टेन आग्रह गर्दै सुझाव बुझाएका छन ।
आगामी संसदीय निर्वाचनका लागि पार्टीहरु घोषणापत्र तयारीमा जुटिरहेको समयमा महासंघले सहकारी अभियानको तर्फबाट दलहरुलाई सुझाव दिन थालेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलले सबै दललाई सुझाव दिने तयारी गरिरहेको बताए । उनले भने ‘हामीले दलहरुलाई सहकारीको अभियानको तर्फबाट घोषणपत्रमा समेट्नुपर्ने सहकारीका मुद्दाका विषयमा बुँदागत रुपमा सुझाव पेश गरेका छौं ।

दलका नेताहरु सकारात्मक रहेको र प्राप्त सुझावलाई अध्ययन गरेर समेट्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।महासंघ अध्यक्ष कर्णेलका अनुसार कतिपय दलहरुले महासंघमा सम्पर्क गरेर समेत समेट्नुपर्ने विषय माग गरेका छन् । ‘अन्य दलहरुसँग पनि समय मिलाई रहेका छौं छिट्टै सुझाव दिने छौं’ कडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित