वालदिवसका अवसरमा पचालरनामा वालवालिकालाई झोला वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा राष्ट्रिय वालदिवसका अवसरमा वालवालिकालाई झोला वितरण गरिएको छ ।

पचालझरना गाउँ पालिका वडा न.९मा रहेको कालिका देवि आधारभुत विद्यालयमा गरिएको कार्यक्रममा वडा कार्यालयबाट १० जना जेहेन्दार वालवालिकाहरुलाई झोला वितरण गरिएको हो ।

वडा न.९का अध्यक्ष ललितजंग शाहीको उपस्थितिमा वाल दिवस मनाइएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शाहीले आफ्नो ५ वर्षको कार्यकालमा शिक्षामा केही नतिजा आउने गरी काम गर्ने बताएका छन ।

उनले भने अहिलेका युग शिक्षामा प्रतिस्पधाको जमाना भएकाले सबैले शिक्षामा गुणस्तर कायम गर्नु पर्ने बताए । पचालझरनाका ज्ञानोदय मावि राम्नाकोट,कालिका आधारभुत विद्यालय मयमा समेत वाल दिवस कार्यक्रम भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित