संविधान दिवसमा बाटाघाटा मर्मत देखि विरामीलाइ फलफुल कतै शहिद परिवारलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका स्थानिय तहहरुले संविधान दिवसका अवसरमा विभिन्न रचनात्मक काम गरेका छन । पचालझरना गाउँ पालिकाले अबरुद्ध बाटो मर्मत गरेको छ भने सान्नित्रिवेणि गाउँ पालिकाले जनयुद्धका शहिद परिवारलाई सम्मान गरेको छ ।

त्यसै गरी महाबै गाउँ पालिकाले जिल्ला अस्पताल कालीकोटका विरामीलाई फलफुल वितरण गरेको छ । यस अघि विभिन्न रचनात्मक तथा भाषण गर्ने कार्यक्रम गर्दै आएका स्थानिय तहले समुदायलाई प्रभाव पार्ने गरी कार्याक्रम गरेका छन ।

लोकतान्त्रिक गणतन्त्र ल्याउन ज्यान दिने शहिद परिवारलाई सम्मान गर्नु सबै भन्दा उत्कृष्ट काम भएको सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसी(महेश)ले बताए । उनले भने अहिलेको अवस्थामा जे जति शहिद परिवारको देन छ त्यस भन्दा अरु कसैको नभएको बताउदै सान्नित्रिवेणि गाउँ पालिकाले शहिद परिवारलाई सम्मान गरेको बताएका छन ।

त्यसै गरी महाबै गाउँ पालिका अध्यक्ष खेमबहादुर सिंहले संविधान दिवसका अवसरमा विरामीहरु संग बसेर दिवस मनाइएको बताए । उनले भने विरामीहरुलाई फलफुल वितरण गरिएको बताए । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही सहितका जनप्रतिनिधीहरुका साथै कर्मचारीहरुले लाफाबाट पालिका केन्द्र आउने सडक अबरुद्ध भएपछि उक्त बाटोमा मर्मत सम्भार गरेर आठौं संविधान दिवस मनाएको बताएका छन ।

जिल्ला सदरमुकाम मान्ममा भने र्यालि सहित अन्तरक्रिया गरेर संविधान दिवस मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित