कालीकोटमा स्वस्थ्य शिविर,फरक क्षमता भएकालाई निशुल्क उपचार

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला सदरमुकाम मान्मको सरुवा रोग अस्पतालमा तिन दिने शिविर संचालन भएको छ । जिल्लामा पहिलो पटक दांत,कान र घांटी सम्बन्धि शिविर शुरु भएको हो ।

गोर्खा वल्फेयर ट्रष्टको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय कालीकोटको सहयोग र जिल्ला प्रशासन कार्यालय कालीकोट,९ वटै स्थानीय तहहरूको समन्वयमा शिविर शुरु भएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला स्वस्थ्य कार्यालयका कालीकोटका सुचना अधिकारी एवंम जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार सरुवा रोग अस्पताल मान्म,खाडाचक्र कालीकोटमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर शुरु भएको बताए । उनका अनुसार जिल्ला समन्वय समिति कालीकोटका उप प्रमुख मिना रावत बिकको उपस्थितिमा एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

सो शिबिरमा पालिकाबाट सिफारिस भइ आएका कान,दात र फरक क्षमता भएका विरामिको निशुल्क उपचार हुने जनस्वस्थ्य अधिकृत महतले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित