कालीकोटका पत्रकारले आफैबाट केही परिवर्तन गर्नु पर्छ-अध्यक्ष बिस्ट

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरत राज बिस्टले पछिल्लो समयमा पत्रकारका बारेमा टिकाटिप्पणि आइरहेको प्रती संकेत गर्दै समाजका लागि उदाहरणीय हुने गरेर काम गर्न अनुरोध गरेका छ्न । हुरेण्डेक नेपाल कालीकोटले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार समबन्धी मिडियाकर्मिलाइ गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बिस्टले पत्रकारीता क्षेत्रलाइ मर्यादित बनाउन सबै पत्रकार गम्भीर हुनु पर्ने बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बिस्टले प्रजनन स्वास्थ्य अधिकारका लागि समाजमा चेतनामूलक सकारात्मक  सन्देश दिन पत्रकारको हात ठूलो हुने बताउदै आ आफ्नो ठाउँमा लिन आग्रह गरेका छन ।अध्यक्ष बिस्टले पत्रकारहरुले आफै बाट केही परिवर्तन गर्नु पर्नेमा जोड दिएका छन । पत्रकारहरुले आफ्नो स्वास्थ्य तथा अरुको स्वास्थ्यका बारेमा समेत चिन्तित हुनु पर्नेमा अध्यक्ष बिस्टको भनाइ छ ।हुरेण्डेक नेपाल कालीकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले सामाजिक रुपमा चेतना फैलाउन पत्रकारको पहिलो दायित्व रहने भएकाले आ आफ्नो क्षेत्रमा कलम चलाउन आग्रह समेत गरेका छ्न । सो कार्यक्रम नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तुलाराम पाण्डे लगाएतका पत्रकारहरुले आ आफ्ना धाराणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित