वाइसिएल कालीकोटले बुझायो,नागरिकता विधेयक सम्बन्धि ज्ञापन पत्र

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले नागरिकता विधेयक स्विकृतका लागि ज्ञापन पत्र बुझाएको छ ।

वाइसिएल कालीकोटका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हस्त शाहीको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा मार्फत राष्ट्रपतिको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

उक्त ज्ञापन पत्रमा जनताका प्रतिनिधिले पारित गरेर दुबै सधनबाट पास भएको विधेयकलाई राष्ट्रपतिले आफ्नो अधिकार क्षेत्र बाहिर गएर गरिएको हस्तक्षेपको निन्दा गरिएको छ ।नागरिकता विधेयक स्विकृत नभए आन्दोलन गर्ने वाइसिएल कालीकोटले चेतावनि दिएको छ ।

ज्ञापन पत्र बुझ्दै कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित ठाउँमा पठाउने आश्वासन दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित