पचालझरनामा ९० वर्षिय पुल्तिसरालाइ न्यानो कपडा सहित सम्मान

7
SHARES
15
VIEWS

कालिकाेट । पचालझरना गाउँ पालिका वडा नं ९ले दशै तथा शुभ दिपावलीकाे अबसरमा भएको खेलकुद कार्यक्रममा जनयुद्धका शहिद हर्ष बहादुर शाही( प्रभात)काे ९० बर्षिय आमा पुल्तीसरा शाहीलाई न्यानाे कपडा सहित कदर पत्र सहित सम्मानित गरिएकाे छ।पचालझरना ९ का वडा अध्यक्ष ललितजंग शाहिले न्यानो कपडा सहित सम्मान गरेका हुन ।
पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मान गरिएको हो । त्यसै गरी सो खेलकुद प्रतियोगितामा गाउँ पालिका उपाध्यक्ष अल्किना बम,विभिन्न वडाका वडाअध्यक्षहरु,अन्य जनप्रतिनिधि सहित कर्मचारी खेलाडीहरुकाे सहभागिता रहेकाे बताईएकाे छ।सो खेलकुदमा सहभागी बिजयी खेलाडीलाई प्रमाण पत्र, दाेसल्ला नगद सहित सम्मान गरिएको छ ।
बिजया दशमिको अवसरमा आयोजित खेलकुद प्रतियाेगितामा वडा नं ४ प्रथमलाई २० हजार,दोस्रो स्थान ल्याउने वडा नं ७ लाई १५ हजार र वडा नम्बर १ तेस्रो स्थानलाइ १० हजार पुरुस्कार प्रदान गरिएको प्रभात बिहानी क्लबका सचिब मिनराज शाहिले बताएका छ्न ।उक्त खेलमा ११ समुहको उपस्थितिमा असोज १४ गते देखि शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित