कालीकोट । प्रजातान्त्रिक आन्दोलनका क्रममा कम्युनिस्टको प्रचारप्रसारमा जुम्ला पुगेका एक होनहार यौद्वा हुन कामी बुढा ।१९७४ सालमा रुकुमको चौखवाङ्गको खर्सुपानीमा जन्मेका बुढाको २०१० साल असोज महिनाको फुलपाती भित्र्याउने आजकै दिनमा कम्युनिस्ट प्रचारको अरोपमा जुम्लामा हत्या भएको थियो ।
कामी बुढाको जिबनी :
नाम:- शहिद कामी बुढामगर
ठेगाना:- चौखावाङ्ग, खर्सुपानी, रुकुम
जन्म मिति:- वि.सं. १९७४
सहादतमिति :- वि.सं. २०१०
सहादत स्थान:- जुम्ला, चौभान जेल
कसरी भयो हत्या ?
नेपालमा ग्रामीण जनजीवन सुधारकालागि राजनीतिक अधिकार दिनुपर्छ र ग्रामीण समुदायलाई राजनीतिको अग्रभागमा ल्याउनुपर्छ भन्ने स्पष्ट मान्यतालाई आत्मसाथ गर्दै सुरुभयको किसान आन्दोलनको प्रभाव फैलँदै गएपछि २००९ कार्तिकमा हुम्लामा कामी बुढा र उनको फौजलाई स्थानीय मुखिया ठालुहरूको अगुवाइमा गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभान पुऱ्याइएका थिए ।
उनीसँगै जुम्ला- चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजस्तै भनेर छाडे पनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए ।
कम्युनिस्ट देशद्रोही भनेर जेलमा कठोर यातनाका दिएर राखिएको थियो । त्यसैक्रममा तत्कालीन सरकारले ‘अमानवीय तथा चरम यातना दिएर २०१० सालको दसैंको फूलपाती दिन कामी बुढाको हत्या भयो भने भवानीप्रसाद शर्मा अधिकारीलाई जुम्ला डाँडा कटाइयो ।
६४ वर्ष पछि सहिद घोषणा :
नेपाल सरकारले ९ जेठ २०७४ मा बसेको मन्त्रिपरिषद् बैठकबाट कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गरेको थियो । साभार : जनार्दन शर्माको फेसबुकबाट
Discussion about this post