सगरमाथाको माओवादी अध्यक्ष प्रचण्डलाई खुला पत्र

7
SHARES
15
VIEWS

प्रिय कमान्डर कमरेड प्रचण्ड क्रान्तिकारी अभिबाद सहिद लालसलाम अनि नमस्कार ।
कमरेड प्रचण्ड
आज तपाईं आफ्नाे निजि निबास चितवन जिल्लाको प्रचण्ड टाेलकाे एक गाउमा वाेरिपाेरि कम्पाउण्ड अनि ढाेकाकै अगाडि रंगि बिरंगि फुल हरु राेपियका ति गमलाले सजिसजावट भयकाे नयाँ लेन्टरवाला घरमा बाजागाजाका साथ अति रमणीय तरिकाले आफ्नाे निबासमा भित्र्याएको देख्दा मेराे मनमा खुसिका पलहरु सगै कता कता भाबुक्ता बनायकाे छ।
जिबन भन्दा ठुलाे किताब याे संसारमा केहि पनि हुदैन रहेछ।जब मेराे १४ बर्षकाे भरभराउदा कलिलाे अनि ओटमा जुगाकाे रेखि नफुटेकाे उमेर देखि आमुल परिबर्तन काे नारा अनि क्रान्तिकारी बिचारले लैस भयकाे त्याे राताे झन्डा मा गाेलबन्द भइ मृत्यु पेपरमा हस्ताक्षर गरेर २०५६ साल चैत्र महिना देखि पुणकालिन भइ याे ज्यान रास्ट र जनताकाे लागि सार्वजनिक गरियाे त्याे दिन देखि गरिब निमुखा र गरिखाने मिहिनेत कस बर्गका झुपडिका राता मान्छे संग हातेमाेलाे गर्ने अबसर जुट्याे।
त्याे अबसरमा तिता मिठा सझिला अफ्ठेरा राम्रा नराम्रा हरेक कुराकाे ज्ञान ग्रहण गरियाे।यदि ई सबै कुरा यसमार्फत मैले चाहायर पनि पस्किन सकिनेछैन।तर मैले जे भाेगे र अहिले जे भइरहेकाे छ त्येसकाेबारे म सत्यनै बाेल्नेछु।याे कुनै फुलबुट्टा भरेका र बनिबनावट शब्दहरु यसमा पस्किने छैनाै।हुदात याे बर्तमान संसारमा सत्यबाेल्नु आफैमा खतनाक कार्य हाे।जसरि समाजकाे गति अगाडि बड्दै जान्छ त्येसरिनै क्रान्तिकारी हरुकाे नैतिकताकाे बिकास हुन अति आबसेक हाे।
त्याे हामि र हाम्रा अग्रज हरुबाट हुन सकिरहेकाे छैन ।त्येसकाे ठिक बिपरित भइरहेकाे तिताे यथार्थ पनि ऐनाझै झल्कि सकेकाे छ।जुन याे जिबनकाे किताबकाे यक सानाे अंस पस्किन जमर्को गरिरहेकाे छु यसमा नत सुखका मनाेरञ्जनपुण लाप्साहरु छन नत दुखका मर्मान्तक भक्काना हरु नै छन।
कमरेड प्रचण्ड कुनै बेला हामि मात्रै नभयर सिंगाे नेपाली जनताका देबता हुनुहुन्थ्याे तपाईंको हरेक शब्दमा गालि हैन तालि बज्दथ्ये।तर आज हजुरकाे जिबन एक महत्वपुर्ण अनि शुभ साहितकाे दिनमा पनि यस पबित्र सामाजिक संजाल मार्फत तालि भन्दा बढि गालि पाउनुकाे पछाडि कारण केहाेला याे अनउत्तरित प्रश्न देखिरहेकाे छु।
आज सिंगो संसार सत्य र असत्यकाे भिषण लडाइकाे अन्त्य नहुदै कतै हजुर थाक्नु भयाे या लडाइलाइ हाप्नु भयकाे हाे? यसकाे जानकार त हजुर नै हुनुहुन्छ।
कमरेड प्रचण्ड
आफ्नाे निजि निबासमा बाजा गाजा फुलमाला र दाेसल्लाले तपाईंको अनुहार छाेपिने गरि हजुरकाे आलिसान महलमा प्रबेश गर्दा मलाइ ब्याक्तिगत सम्पति,पारिबारिक रक्तसम्बन्भ- आमा ,दिदि बाबु,लाेग्ने श्रिमति ,प्रेमिका सबै सग सम्बन्ध बिच्छेद गर्दै मृत्यु सग खेलेर आफ्नाे जिबनकाे आहुति दिने ति बिरशहिद हरुकाे परिवारकाे बिचल्लि अनि हामि सुर्यका सन्तान हाै हामि निभ्नु हुदैन भन्ने उच्चमनाेबाेल बाेकि मृतकका लास हरुलाइ पन्छाएर छाति थाप्ने बिर घाइते हरु शरिरमा रहेका गाेलि आर्थिक अभाबका कारण निकाल्न नसकि प्यारालाइसिस भयर सदाकाे लागि अस्तायर जाने कमरेड प्रसामे बिक पसल अनि हिजाे क्रान्तिकारीको ज्वाला दन्कदा बर्ग दुश्मन हरुले किलाेसेरा टु राेमियाे जस्ता अफरेसन गाउहरुमा संचालन गर्दा ति त्येतिबेलाकि कलिलो उमेरले लतपतियकि दिदिले हाम्रो लागि खरकाे बिटाकाे बिचमा राेटि लुकायर पाल्ने हरु आज गालामा चाउरि परि आमा बन्दा पनि उहाँको जिबनमा कुनै परिबर्तन आएकाे नदेख्दा अत्यन्तै आक्राेसका ज्वालाहरु दन्केर आउछन।
के साच्चै तपाईं र बाबुराम प्रधानमन्त्री बन्न र आफ्नाे खरले छायकाे छानाे बदल्न काे लागिलयाे युद्ध हाे? अब तपाईबाट नेपालि जन्ता एसकाे उत्तरकाे पर्खाइमा बसेकाे कुरापनि यसैमार्फत जानकारि गराउदछु।
यसाे भन्दै गर्दा तपाईं खरकाे छानाबाट महलमा बसेकाे डाहा हाेइन।तर पनि हिजाे एउटै मञ्च मा भाषण गर्ने एउटै युद्ध माेर्चामा लडाइ गर्ने काेहि महल र चिप्ला कार चढ्ने काेहि खाडि मुलुकमा किन? श्रदय कमरेड यी यस्ता प्रश्नकाे उत्तर शैदान्तिक रुपले हाेइन ब्याबाहारिक अपेक्षामा छाै रगतकाे आहालमा पाैडि नखेल्न फेरि पनि मेराे आग्रह छ।सुरक्षित अवतरण आफु र आफ्ना मुठ्ठिभर झाेलेलाइ हाेइन सबैलाई गराेस ।
हिजाे क्रान्ति गर्ने काेहि हजुरका आफ्नै आमाका छाेरा र काेहि साैतले आमाका छाेरा नभयकाे सबै नेपालि आमाका छाेरा भयकाे पनि म यसै मार्फत बिस्वास दिलाउन चाहान्छु ।
लेखक लक्ष्मी प्रसाद भट्टराई(सगरमाथा) जनयुद्धमा सहभागी नेता हुन (हाल: डाक्टर बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादीका नेता तथा व्यावसायि हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित