कालीकोट शोकमग्न,पहिरोमा परी २२ जना बेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षा संगै आएको पहिरोमा परी तिलागुफा नगर पालिकाका १३ जना बेपत्ता भएका छ्न ।तिलागुफा नगरपालिका ४ का हेमराज शाहीको मलामी गएकाहरु मध्ये तिलागुफा नगरपालिका ४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही,५७ वर्षीय मानबहादुर शाही,५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही रहेका छन ।
त्यसै गरी तिलागुफा नगर पालिका ४ रांचुलिका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोलिलाल शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।सोही ठाउँबाट दुई जना पौडी खेलेर बच्न सफल रहेका छ्न । स्थानीयले खोजी कार्य जारी राखेका छ्न ।अहिले सो स्थानमा उद्वारका लागि स्थानीय बासी, प्रहरी लागि परेको नगर उपप्रमुख महेन्द्र शाहीले जानकारी दिएका छन ।
कालीकोटको तिलागुफा ४ राचुलीमा १३, वडा नं ७ बालीगाउँमा ५, वडा नं ६ भैसैगोडामा एक र सान्नीत्रिवेणी ८ मुम्रामा १ गरी २२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आज बसेको जिल्ला दैबी प्रकोप उद्वार समितिको बैठकले तत्काल बिस्थापितलाई ब्यबस्थापन गर्न र उच्च जोखिममा रहेका बस्तिलाइ स्थान्तरण गर्न निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित