News Portal

  • वर्षा,कर्नाली र पहिरो : वर्षेनि दुख झेल्दै कर्नाली बासी(फोटो फिचर)

    आवतजावतका कठिनाइ सुर्खेत देखि कालीकोट पुग्न एक हप्ता लाग्ने

    रुपेन्द्र ऐडी२५ असोज
    ६६८ पटक
    २५ असोज

    कोहलपुर । यस वर्षको दशै खल्लो भएको छ ।दशै मनाउनकै लागि देशबिदेशमा गएकाहरु घर आउनुका साथै रमाइलो गर्नु सबैको लागि नौलो हो ।तर यस पटकको दशैको दिन देखि आएको अबिरल वर्षाले दशै खल्लो भएको छ ।
    लगातार ६ दिन सम्म परेको अविरल वर्षाले विशेष गरी कालिकोटमा सबै भन्दा बढी मानबिय क्षेती गरेको छ ।उद्वारका लागि खटिएका जुम्ला तातोपानी घर भएका प्रहरी जवान पदम रावतका साथै तिला गुफा नगरपालिका ४ का वडा अध्यक्ष पर बहादुर शाही सहित १९ जनाको पहिरोमा परी बेपता भएका छन भने तिलागुफा ७ का भरत बिस्ट र कृपेश बिस्ट,पचालझरना ७ का पुरिलाल बोहरा र सान्नित्रीबेणी ८ का कबुल केसिको मृत्युु भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । त्यसै गरी मुगुमा ५ जनाको मृत्यु र ११ जना बेपत्ता रहेको बताइएको छ भने हुम्लामा ४ जना,जुम्लामा ७ जना,डोल्पामा १ जनाको मृत्यु भएको बताइएको छ ।
    वर्षाले कर्नालिका विभिन्न जिल्लामा करोडौंको धनमाल क्षेती भएको बताइएको छ ।सबै भन्दा बढी बाढिपहिरोले कर्नाली राजमार्गमा समस्या निम्त्याएको छ । सुर्खेत दैलेख सडक खण्डको विभिन्न स्थानमा पहिरोले सडकको नाम निशान छुट्याउन कठिन भएको छ ।सुर्खेत देखि कालीकोट गएका यात्रुहरु तीन दिन पछि दैलेखको राकम पुगेका छ्न ।
    कालीकोट पचालझरनाका पौरख बिकका अनुसार ठाउँ ठाउँको पहिरो पन्छौदै तल्लो डुङ्गेस्वर हुँदै दैलेख बजार भएर कालिकोट पुग्न तीन दिन लागेको बताए ।
    नेपाली कांग्रेस कालिकोटका नेता प्रेम शाहीले जलबायु परिबर्तन र त्यसले पारेको असरका साथै कर्नालिमा केन्द्रको नेतृत्व गर्ने नेता गतिलो नभएकै कारण वर्षेनि कर्नाली बासिले दुख ब्यहोर्नु परेको बताएका छ्न । बिकाशमा पावर पोलिटिक्सलाइ प्रयोग गर्नमा समस्या आएको बताउदै शाहीले तयसकारण अब लोकतन्त्रको उपभोग गर्ने पालो कर्नालीको रास्ट्रीय राजनीतिकको बाघडोर सम्हाल्ने पालो कर्नालिको अनि राज्यको हरेक क्षेत्रमा कर्नालिको पहुँच अनि बिकास र समृद्धि यो लोकतन्त्रमा सम्भब छ।नेता छान्दा सहि ढंगले जनताले बिबेक पुगाउने बेला आएको बताए ।
    कर्नालिका तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कार्याकालमा सबै भन्दा पढी पुल बनेको भएपनी सडक कालोपत्रे भने सात किलोमिटर मात्र भएको बताइएको छ ।
    साढे तीन वर्षमा ७ किलोमीटर सडक कालोपत्रे हुनु र भएको सडकलाइ स्तरउन्नती गर्न नसक्नुले पनि कठिनाइ आएको हो ।
    पुर्ब मुख्यमन्त्री शाहीले डलर झार्न र पचाउनकै लागि सडक नबनाएको चर्चा नभएको भने होइन । एक हिसाबले डलरको खेती गर्नेहरुका लागि उत्तम नभएपनी कर्नाली बासिका लागि जलबायु परिवर्तन सम्बन्धी भने ध्यान पुगाउने पर्ने कर्नाली बासिको जोड रहेको छ । यस पटकको बाढी पहिरोले अबरुद्ध कर्नाली राजमार्गलाई खुलाउन तत्काल ध्यान जानू पर्ने स्थानीयको भनाइ रहेको छ । अबरुद्ध सडकको एक सय बढी ठाउमा पहिरो गएको बताइएको छ । पहिरोमा परी मृत्यु हुने र बाढिपिडितलाई राहतका लागि तत्काल ब्यबस्थापन गर्न संघ र प्रदेश सरकारालाइ माग गर्दै पुर्ब मुख्यमन्त्री शाहीले बिज्ञप्ति मार्फत अनुरोध गरेका छन ।बिप्लव नेकपा कालिकोटले बाढिपिडितको पक्षमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । जिल्ला दैबी प्रकोप कालीकोटको सोमबार बसेको बैठकले बढिपिडितलाइ तत्काल राहतको ब्यबस्थापन र उद्वारमा निर्णय भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्