अबरुद्ध बाटो बनाउदै पलाता सरकार,बाढिपिडितको अवस्था बुझ्न घर घर पुगे अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट ।पलातामा बाढिपहिरोले क्षेती पुगे पछि पलाता सरकारले अबरुद्ध बाटो तथा आवतजावतमा कठिनाइ भएका ठाउँमा काम सुचारु गरेको छ ।पलाता १ पुलाह जोड्ने बाटो देखि अन्य काम सुचारु गरेको बताइएको छ । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया(इन्द्र)का अनुसार लगातारको वर्षामा बाढिपिडित जनताको साथमा रहेर उद्वार तथा सहयोगमा जुटेको बताए ।उनले भने पलाता गाउँ पालिका भरी २ सय देखि ३ सय घरहरुमा क्षेती पुगेको र अन्य धनजन बाटोघाटोमा समेत समस्या आएको बताए । के कति क्षेती पुगेको हो भन्ने बारेमा प्रहरी परिचालन भएको छ ।प्रहरी र जनप्रतिनिधि गाउँ बस्ती पुगेर वास्तविक विवरण आउन एक दुई दिन लाग्ने अध्यक्ष रोकायाले कर्नाली संचारलाइ बताए । पलाता गाउँ पालिकामा मानबिय क्षेती नभएको तर बाटो घाटो देखि पुल पुलेसा र खानेपानीमा समस्या आएको गाउँ पालिका प्रबक्ता तिलक बुढाले बताए । यस बिपदको अवस्थामा पलाता सरकार जनताको साथमा रहेर सहयोग गरेको प्रबक्ता बुढाको भनाइ रहेको छ ।

बाढिपिडितका समस्याका बारेमा प्रजिअ शर्मालाइ जानकारी गराउदै अध्यक्ष रोकाया र नेता भण्डारी 

गाउँ पालिकाको क्षतिको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गरिएको नेकपा (माओवादी केन्द्र) पलाताका इन्चार्ज मान बहादुर भण्डारीले बताए । उनले भने बिपदको बारेमा जिल्लामा समेत जानकारी गरिएको र बिस्थापित समुदायको दीर्घकालीन योजना लागि समेत प्रशासनलाई अवगत गराएको भण्डारीले बताएको सहकर्मी धनबहादुर शार्कीले जानकारी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित