नेकपा(माओवादी केन्द्र)का केन्द्रिय लेखा आयोगका सदस्य समेत रहेका कालीकोट जिल्लाका नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का संस्थापक नेता काशिचन्द्र बरालले आफुले स्वतन्त्र उम्मेद्धारी दिनुको औचित्य स्पष्ट पार्दै २८ बुंदे प्रतिवद्धता प्रस्तुत गरेका छन । उनले जिल्लालाई कस्तो बनाउन के के गर्ने भन्ने बारेमा पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा राखेका छन । उनले पार्टी भित्र भएको चरम गुटगत व्यवहारका साथै हैकम प्रबृतिका बारेमा विद्रोह गरेको दावि गरेका छन ।
यस्ता छन प्रतिवद्धताहरु
मेरो उम्मेदवारी किन ?
१ ) पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा ‘ हैकमवादी ‘ तानाशाही . स्वइच्छाचारी प्रवृति विरुद्ध आत्मसम्मान सहित सामुहिक प्रणाली कायम राख्न ।
२ ) तिनखम्बे अर्थ नीति लाई आत्मसात गरि ब्यापक रोजगारी सृजना मार्फत आम नागरिकलाई आत्मनिर्भर स्वरोजगार वनाउन ।
३ ) सत्ता र शक्तिको आडमा भैरहेको दलालीकरण एवं कमिशन तन्त्रको अन्त्य गर्न ।
४ ) जिल्लामा भै रहेको सामाजिक शक्ति असंतुलन लाई संतुलन कायम राख्न ।
५ ) वास्तविक राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न
६ ) जिल्लाको विकासको गुरु योजना बनाई दिगो प्रणालीगत विकास निमाण गर्नुको सट्टा नेतृत्व वाट ब्यक्तिगत लाभको आधारमा ‘गुटगत सरक्षण मा केन्द्रीत भैरहेको खुद्रे अब्यवस्थित सनक प्रभाव दवाव ‘ रवाफ र कमिशन तन्त्रको विवेधकारी आधारमा हुने विकास निर्माणको अन्त्य गर्न ।
७ ) योजनावद दिगो र संतुलित योजना विकासको खाका तयार गरी कार्यान्वयन मा लैजान ।
८) युवा विदेशी खाडीमा होइन अव घरको पिडीमा पैशा विदेशी खाडीमा हैन नेपालको झाडीमा छ भन्ने मान्यता स्थापीत गरेर युवाहरू लाई सहिवाटो देखाउदै स्वदेश मै रोजगारी सृजना गर्न ।
९ ) सहकारी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ।
१०) श्रम , पुजी , प्रविधि र प्रकृति को समायोजन गरि आत्मनिर्भर सक्षम र खुसी समाज वनाउन ।
११) समाजमा रहेका सक्षम , इमान्दार , क्षमतावान व्यक्तित्वको पहिचान , परिचालन र आत्मसम्मान को ब्यवस्था गर्न ।
१२) सवै खाले विभेदको अन्त्य गर्न ।
१३) आम समुदायको अवस्था बदल्न ।
१४) प्रणालीगत स्वचालित राज्य प्रणाली स्थापित गर्न ।
१५) कुरा मात्र होइन ब्यवहारत: काम गरेर देखाउन ।
१६) सवैको साझा उम्मेदवारी वन्न ।
१७) निरतर नीजि वृताको रूपमा सार्वजनिक पद लाई लिने प्रवृतिको खारेजी गर्न ।
१८) जिल्लाको सर्वाड्गीण वि जिल्लाकाकास गर्न ।
१९) सुसासन , जनताप्रति जवाफदेही प्रणाली गत समाज निर्माण गर्न ।
२०) भुई मान्छेहरूको आत्मसम्मान सहित जीवन स्तर माथि उठाउन ।
२१) जनहित नीति निमार्णमा विशेष योगदान पुर्याउन ।
२२) शहिद वेपत्ता परिवार तथा घाइते अपाड्ग संरक्षण कोष तथा सरक्षण केन्द स्थापना गर्ने ।
२३) जिल्ला का ५०० युवाहरु लाई अनिवाय रोजगरी सृजना गर्ने ।
२४) शिक्षा स्वास्थ र पूर्वाधारमा रणनैतिक एव दिगो लक्ष सहित आमुल परिवर्तनको कार्यक्रम सञ्चालन गर्ने ।
२५) पूर्व जनमुक्ति सेना विदेशियका युवाहरु कोलागि उत्पादन एव औद्योगिक कम्पनी निमार्ण र संचालन गर्ने ।
२६) कालीकोट जिल्ला लाई एग्रो टुरिज्म को रुपमा विकार्स गर्ने ।
२७) विजुलि ‘पानी ‘सडक संचार र यातायात मा दिर्घकालीन समाधान सहित ब्यापक स्तर उन्नती गरिनेछ ।
२८. विद्यमान जनस्तरको पहिचान गरि तल्लो स्तरमा रहेका समुदाय को जिवनस्तर उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्ने ।
यो पनि पढ्नुहोस ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा रास्कोट नगरपालिका प्रमुखको उम्मेद्धारीका समयमा गरिएका प्रतिवद्धताहरु:
१. सबै माबी र आबिहरुका पक्की भवन निर्माण
२. निरन्तरको सहजीकरण र सहकार्यद्वारा रास्कोट अस्पताल निर्माण एबम संचालन
३. वडा न ९ मा ७५ कि.वा. को सौर्य उर्जा मिनिग्रिड निर्माण र सोही वडा मा लघुजलबिधुत योजना निर्माण सम्पन्न
४. आफ्नै जनशक्ति र आफ्नै एक्जाभेटर को प्रयोग गरि करिब १५० बढी कि.मि. सडक निर्माण
५. समुदाय को जीवन पद्दती उकास्न जीवन प्रबर्द्धन कार्यक्रम संचालन
६. २६० सदस्यीय श्रम रोजगार बैंक स्थापना
७.सहकारी र सरकारको साझेदारी मा सुपथ सहकारि पसल संचालन ८.सबै वडामा स्वस्थ्य चौकी निर्माण एबम सेवा सुचारु
९.बिरामिका लागि एम्बुलेन्स को ब्वबस्था
१०.राष्ट्रिय बाणिज्य बैक स्थापना का लागि सम्पुर्ण पहल सप्पन्न गरि स्थापना को अन्तिम चरण्मा
११. २०००( दुई हजार) घर धुरिलाइ सुधारिएको चुलो बितरण
१२. खरमुक्त छाना भयको नगरपालिकको अभियान अन्तिम चरणमा
१३.कृषि आधुनिकीकरण का लागि स्याउ जोन , पकेट निर्माण , हयाचरी का लागि अनुदान, बोयर बाख्रा श्रोत केन्द्र स्थापना
१४.माटोको भाडा उत्पादन गर्ने उधोग स्थापना
१५.केतुकी प्रशोधान उधोग स्थापना
१७. ३००० हेक्टर जमिन मा थोपा सिचाइको काम अन्तिम चरणमा
१८. रास्कोट मिनि डाटा सेन्टर निर्माण अन्तिम चरणमा
१९. निरन्तरको पहलले सान्तिघाट आरसिपि सडक कालिपत्रे को टेण्डर गराउन सफल
२०. रास्कोटका करिब १८००( एक हजार आठ सय ) घरधुरिमा एक घर एक धारा निर्माण सम्पन्न
२१. संचार समस्या समाधानका लागि ३( तीन) वटा टेलिकम टावर स्थापन भै संचालनको अन्तिम चरणमा
२२.रास्कोट गुरुयोजना निर्माण सम्पन्न २३. आबश्यक ऎन , कानुन निर्माण गरि राजपत्रमा प्रकाशित
२४.रास्कोट नपाको प्रशाशनिक भवन को निर्माण सुरु भै ४० प्रतिशन निर्माण कार्य सम्पन्न
२५. एकिकृत बस्ती बिकास योजना अनुशार सम्पुर्ण घर निर्माण सप्पन्न को अन्तिम चरणमा
२५. रास्कोट बृहत जलउपयोग परियोजनाको परिकल्पना , बजेट र नपाको क्षमता र श्रोतले नसक्ने भयकाले पहल निरन्तर जारी
२६.समाजबादी अर्थ व्यबस्था निर्माण गर्न सक्ने बिकासको मोडालिटीमा निरन्तर अग्रसर
Discussion about this post