कालीकोट ।लगातारको अबिरल वर्षा संगै पलातामा खानेपानी र अबरुद्ध भएको ग्रामीण बाटोहरु सुचारू गर्न वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले काम शुरु गरेका छ्न ।गाउको बिकाश गर्न सरकारको मुख ताक्ने प्रवृत्तिलाई तोड्दै समुदाय संगै वडा नम्बर ४ को आवतजावत गर्ने बाटो र खानेपानीको काम शुरु गरेको बताइएको छ । पलाता गाउँ पालिका प्रबक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तिलक बुढा सहितका जनप्रतिनिधिको उपस्थिति र समुदायको सक्रिय सहभागितामा काम सुचारु गरिएको र दुई/तीन भित्र खानेपानी र बाटो बन्ने अध्यक्ष बुढाले बताए ।उनले भने यस बिपदको अवस्थामा जनताको साथमा रहेर दुखकस्टमा साथ दिएको बताउदै आगामी दिनमा स्थानीय सरकारले गर्ने प्रक्रिया अघि बढ्ने र तत्कालका लागि समुदायलाई समस्य आउन नदिन बाटो घाटो र खानेपानीको समाधान गर्ने खोजिएको बताए । पलाता गाउँ पालिकामा गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले बाढिपहिरोको समयमा जनताको घरदैलोमा पुगेर सहयोग गरेका थिए ।पलातामा ३ सय बढी घरमा क्षेती भएको गाउँ पालिकाले जनाएको छ ।
Discussion about this post