आज मदन भण्डारीको ६९ औं जन्म जयन्ति

7
SHARES
15
VIEWS

काठमाडौं,असार । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आइतबार ६९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस अवसरमा नेकपाको पार्टी केन्द्रले भने औपचारिक कुनै कार्यक्रम राखेको छैन । नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजाललले पार्टी केन्द्रले औपचारिक कुनै कार्यक्रम नराखेपनि जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरेर मदनलाई स्मरण गर्ने बताए ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका  रुपमा मदन भण्डारीको जन्म भएको थियोे । पछिल्लो समय मदन भण्डारीससँग जोडेर एक दर्जनभन्दा बढी संघ संस्था सञ्चालनमा छन् ।

मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन् । ती संघ संस्थाहरुमा नेकपाका नेता कार्याकर्ताहरु आवद्ध छन् ।

वि.संं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । भण्डारी त्यसबेला ४१ बर्ष उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए । सोही कारण उनलाई जननेता मान्ने गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित