एमालेले थाल्यो चुनाव केन्द्रित गाउँ अभियान

7
SHARES
15
VIEWS

कालीकोट ।आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा(एमाले)ले खांडाचक्र नगरपालिकाबाट अभियान शुरु गरेको छ ।

आइतबार सदरमुकामबाट निर्वाचन क्षेत्र ख को अभियान शुरु गरेर सोमबार पिलि हुँदै पांखा प्रस्थान गरेको छ भने निर्वाचन क्षेत्र ख को लागि पनि अभियान थालनी भएको एमाले चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

नेकपा(एमाले) कालीकोटले संघिय निर्वाचनका लागि प्रतिनिधि सभाका उम्मेदवार नगिन्द्र शाही,प्रदेश सभा क का उम्मेदवार कुर्मराज शाही,केन्द्रिय सदस्य दक्षिणा शाही,जिल्ला अध्यक्ष जसि पाण्डे लगाएतको टोलि सदरमुकाम हुँदै तिलागुफा भएर महाबैका साथै शुभकालिका बाट नरहरिनाथ देखि निर्वाचन क्षेत्र खको अभियान शुरु गर्ने बताइएको छ ।नेकपा माओवादी केन्द्र कालीकोटको मंगलबार जिल्लामा अगुवा कार्यक्रता भेला गरेर प्रचारप्रसार अभियान शुरु गर्ने भएको छ भने नेपाली कांग्रेस कालीकोटले कात्तिक ३ गते बैठकको आयोजना गरेको छ।

तिहार पछी जिल्ला स्थित राजनीतिक दलहरुले गाउँ केन्द्रित प्रचारप्रसार अभियानमा तिब्रता दिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित