नागरिकलाई स्वच्छ खानेपानिमा पहुंच पुगाउदै पचालझरना

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिकामा सरसफाई क्षेत्रमा तिव्रता दिन थालिएको छ ।

एक घर एक धाराको अभियानमा अगाडी बढेको पचालझरना गाउँ पालिकामा वडा स्तरमा स्वच्छ खानेपानि पहुंच पुगाउन फिल्टर वितरण गर्न थालिएको छ । स्थानिय वासिलाई आर्थिक वर्ष २०७६।०७७को बजेट अनुसार फिल्टर ल्याइएको र सोही अनुसार सबै घर धुरीलाइ वितरण गरिएको वडा न.५का वडा अध्यक्ष बृषलाल आचार्यलाई उदृत गर्दै बांझकोटमा ३ सय १५ घरधुरीमा फिल्टर वितरण गरिएको स्थानिय प्रमोद कुमालले बताएका छन ।

यस अघि वडा न. ४मा पनि फिल्टर वितरण गरिएको थियो । गाउँ पालिकाले आफ्नो आंगन आफ्नो पहिचान भन्ने मुल नारा अघि सारेर सरसफाइ क्षेत्रमा नमुना कार्यक्रम अगाडी बढाएको छ । त्यसका साथै पचालझरना गाउँ पालिकाले पचालझरना मिनिरल वाटर समेत निकाल्ने योजना बनाएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

छैटौं गाउँ सभाको निति तथा कार्यक्रममा सरसफाईलाई विशेष जोड दिदै आगंन सरसफाई नै उस्को पहिचान हुने र त्यसका लागि सबै नागरिकहरुले कोरोनालाई मध्यनजर गरे सर्तकता अपनाउनु पर्नेमा जोड दिदै पचालझरनाको पानिलाई देश भर चिनाउनका लागि मिनिरल वाटर मार्फत उत्पादनमा जोड दिने तयारी गरेको अध्यक्ष सेजुवालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित