रास्कोट र पचालझरनामा माओवादी केन्द्र द्वारा कार्यक्रता प्रशिक्षण सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटको कार्यक्रता प्रशिक्षण संचालन गरेको छ  ।पहिलो चरणमा जिल्लाका चार पालिकामा एक साथ शुरु गरेको प्रशिक्षण आज रास्कोट र पचालझरना गाउँ पालिकामा अगुवा कार्यक्रताहरुको उपस्थितिमा प्रशिक्षण तथा बिस्तारीत बैठक सम्पन्न गरेको छ ।रास्कोट नगरपालिकाको रास्कोटमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य जीवन बुढाले कालीकोटको इतिहासमा माओवादीले हारेको कुनै समय छैन र अझै १५ वर्ष सम्म माओवादी केन्द्रले जनतालाइ नेतृत्व गर्नेमा ठोकुवा गरेका छन । अहिले जिल्लामा माओवादी विरुद्ध बागी भएपनी जनता र पार्टी कार्यक्रताहरुको साथ रहेकाले माओवादी सहित गठबन्धन दलको साथ रहेकाले प्रतिगमनकारीको पराजित हुने  दाबी गरेका छ्न ।सयौं कार्यक्रताहरुले रास्कोटमा बिगत पनि निर्णायक भुमिका खेलेको र भोलि पनि खेल्नेमा बिश्वस्त हुन नेताहरुलाइ सुझाव दिएका छ्न ।नगर कमिटी अध्यक्ष धर्मराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । वडा देखि पालिका स्तरमा गठबन्धन दलहरु संगको सम्बाद समिती तहा निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ । त्यसै गरी पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकको अध्यक्षतामा भएको प्रशिक्षण तथा बिस्तारीत बैठकमा जिल्ला सचिब देबराज शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पचालझरना गाउँ पालिकाका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन संगै प्रचारप्रसारमा तिब्रता दिने र त्यसका लागि विभिन्न समिती गठन गरिएको गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताएका छ्न । जिल्लाका पलाता,महाबै र तिलागुफा नगरपालिकामा ६ गते भित्र प्रशिक्षण सम्पन्न गर्ने माओवादी केन्द्र कालीकोटका संयोजक लक्ष्मी चौलागाईंले कर्नाली संचारलाइ जानकारी दिएका छ्न ।जिल्लामा गठबन्धन दलहरु बिच आज सयुक्त बैठक सम्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित