रास्कोट नगरसरकारले गर्‍यो तिहारको मुखमा जेष्ठ नागरिकलाइ राहत

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगर प्रमुख धर्मराज शाहीले गाउँ गाउँमा जेष्ठ नागरिकलाइ वृद्धभत्ता बितरण गरेका छन।
तिहारको नजिक जेष्ठ नागरिकहरुलाइ राहत पुगोस भनेर घर घरमा गएर वृद्धभत्ता बांडिएको हो ।आज रास्कोट नगरपालिकाका वडा नम्बर ८ र ९ का बस्तिमा पुगेर नगर प्रमुख धर्मराज शाही सहितका जनप्रतिनिधिहरुको उपस्थितिमा वृद्धभत्ता बितरण गरिएको हो ।
रास्कोट नगरपालिकाका कार्यपालिका सदस्य भैरे तिरुवा,वडा नम्बर ८ का अध्यक्ष मनिराज बराल,वडा नम्बर ९ का अध्यक्ष तथा नगर सरकारका प्रबक्ता धन बहादुर धामी,नेकपा(माओवादी केन्द्र)रास्कोटका उपाध्यक्ष पदम खड्का लगाएतका नेताहरुको सहभागितामा जेष्ठ नागरिकहरुलाइ वृद्धभत्ता बितरण गरिएको बताइएको छ ।
दोस्रो स्थानीय तहको निर्वाचन पछि रास्कोट नगर सरकारले घरघरमा वृद्धभत्ताको शुरूवात गरे संगै जेष्ठ नागरिकहरु खुशी भएका छ्न ।
रास्कोट नगरको सिको गर्दै जिल्लाका अन्य स्थानीय तहले समेत घरघरमा गएर वृद्धभत्ता बितरण शुरु गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित