गठबन्धन दलका पालिका स्तरका बैठक सम्पन्न,सयुक्त चुनावी अभियान संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट ।चुनावीसंग सम्बन्धित पाँच दलिय गठबन्धन दलको विभिन्न पालिकामा बैठक सम्पन्न भएका छ्न ।जिल्लाका नरहरिनाथ गाउँ पालिका,खांडाचक्र र रास्कोट नगरपालिकामा बैठक सम्पन्न भएको छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाको खांडाचक्र नगरपालिकामा नेकपा(एकीकृत समाजवादी)सहित अन्य दलको सहभागितामा सबै दलका कार्यक्रताहरुको सयुक्त बैठक भएको बताइएको छ ।
नेकपा(माओवादी केन्द्र) पोलिट ब्युरो सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको सयुक्त बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति अम्म बहादुर शाही,उपसभापति नन्द बहादुर शाही(घमन),एकीकृत समाजबादीका तुलाराज बिस्ट,चित्रसिंह गाउले,कमल शाही,कृष्णकला पाण्डे,माओवादीका तर्फबाट धनजित शाही,गंगा खड्का, लक्ष्मी चौलागाईं(शैलेन्द्र), जनता समाजबादी लगाएतका दलका नेता तथा कार्यक्रताहरुले बामलोकतान्त्रिक गठबन्धनलाई जिताउन वडा स्तरमा चुनाव प्रचारप्रसार अभियान छिटो संचालन गर्न जोड दिएको बताइएको छ ।
त्यसै गरेर रास्कोट नगरपालिकाको आरसिपी बजारमा नेपाली कांग्रेस,माओवादी लगाएतका दलका नेताहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ भने नरहरिनाथ गाउँ पालिकामा पनि उम्मेदवार सहित नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यक्रताहरुको उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको बताइएको छ ।
यस अघि आ आफ्नो पार्टीको बैठक तथा प्रशिक्षण गरेका दलहरुले पछिल्लो समय गठबन्धन दलका सयुक्त बैठक तथा प्रचारप्रसार शुरु हुन थालेको छ । बैठकमा सहभागी नेताहरुले बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन युद्ध स्तरमा अघि बढ्न निर्देशन दिएका छ्न ।खांडाचक्र नगरपालिकामा भएको सयुक्त बैठकमा बोल्दै माओवादी नेता तथा प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र बहादुर शाहीले बिगतका तिता कुरालाइ बिर्सेर अघि बढ्नका लागि आग्रह गर्दै प्रतिगमनलाइ परास्त पार्ने अभियान सम्झेर गाउँ टोलमा लागि पर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित