पार्टी र सरकार संग संगै जानु पर्छ –नेकपा अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट, असार । नेपाल कम्पयुनिष्ट पार्टी(नेकपा)का अध्यक्ष धनजित शाहीले जनताको हितमा काम गर्न पार्टी र सरकार संग संगै जानु पर्ने बताउनु भएको छ ।

नेकपा पचालझरना गाउँ कमिटीले आयोजना गरेको पार्टी बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वहांले सो कुरा बताउनु भएको हो । सो कार्यक्रममा स्वर्गिय मदन भण्डारीको ६९ औं जन्म दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा जननेता मदन भण्डारीको फोटामा अविरआवरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले मदन भण्डारीले गरेको योगदानको उच्च कदर गर्दै आगामी दिनमा जनताको बहुदलिय जनवादलाई आत्म साथ गर्दै आजको परिवेशमा जनताको साथमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको छ । त्यसका साथै अहिले स्थानिय सरकारले ल्याएको जनमुखि बजेटले जनताका जल्दा बल्दा समस्यालाई सहि ढंगले समाधान गर्नु पर्नेमा अध्यक्ष शाहीले आग्रह गर्नु भएो छ ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा निर्वाचन क्षेत्र परिचाल कमिटि (क)का संयोजक जगत शाही, पचालझरना गाउँ पालिका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य खडगराज सेजुवाल लगाएतका नेताहरुको उपस्थिति रहेको पचालझरना गाउँ कमिटिका अध्यक्ष पौरख विक (प्रमोद)ले बताउनु भएको छ । वहांका अनुसार पचालझरना गाउँ पालिका स्थित प्रत्येक वडाका अध्यक्ष तथा सचिव र जनप्रतिनिधिहरुको उपस्थिति रहेको बताउनु भएको छ ।

कालीकोटको सदरमुका मान्ममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला कार्यालयमा मदन भण्डारीको ६९ औं जन्मदिनको अवसरमा विचार मन्थन कार्यक्रम गरिएको छ । नेकपाका कालीकोट सचिव नगेन्द्र शाहीको उपस्थितिमा सो कार्यक्रममा मदन भण्डारीले देखाएको बाटोमा लाग्नु पर्नेमा सहभागिहरुले जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित