अब पार्टी सुदृढ गर्ने जिम्मा युबाको कांधमा आएको छ-प्रथम मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट ।आगामी मंसिरमा हुने निर्वाचनमा जिल्लाका सबै मतदान केन्द्रमा ४ सय युबा परिचालन हुने बताइएको छ । आज भएको पांच दलिय गठबन्धन दल सम्बद्वका युबा विद्यार्थीहरुको सयुक्त बैठकमा उक्त निर्णय भएको बताइएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्र आस्थावान भातृसंगठन तरुण दल र वाइसीएलका युबाहरुले जिल्लामा १सय २३ वटा मतदान केन्द्रमा वाइसीएलका तर्फबाट एक बुथ सय युथ भन्ने नारा अघि सारेको छ भने तरुण दलले एक मतदान एक सय तरुणको नारा अघि सारेको बताइएको छ ।
उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार दुर्ग बहादुर रावत,नेपाली कांग्रेसका जिल्ला उपसभापति नन्द बहादुर शाही,माओवादीका तर्फबाट प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार महेन्द्र बहादुर शाही,प्रदेश सचीव धनजित शाही,जिल्ला संयोजक लक्ष्मी चौलागाईं,वाइसीएलका केन्द्रिय उपाध्यक्ष गोगन मल्ल लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।
सयुक्त बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य महेन्द्र बहादुर शाहीले अबका युबाले पार्टीलाई सुदृढ गरेर अघि बढ्ने बेला भएकाले सबैले युद्ध स्तरमा अघि बढ्नु पर्नेमा जोड दिदै आगामी मंसिर ४ गते सबै युबाहरुले निर्वाचन केन्द्रित भएर आ आफ्नो ठाउँमा लागेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन निर्देशन दिएका छ्न ।
प्रतिनिधि सभाका उम्मेदवार शाहीले नेपालमा शान्ति लोकतन्त्रका लागि सहकर्मीको भुमिका खेलेर संघीयताको कार्यन्वयन भएको दाबी गर्दै एमाले,राप्रपा लगाएतका दलहरुलाइ नेपाली कांग्रेस र माओवादीले जवजरजस्त ल्याएको समेत ठोकुवा गरेका छ्न ।
कालीकोटमा माओवादी केन्द्र,नेपाली कांग्रेस लगाएतका दलहरु बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन गाउँमा सयुक्त अभियान शुरु गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित