कालीकोटमा उम्मेद्धार गाउँ पसे

7
SHARES
15
VIEWS

कालीकोट ।आउदो मंसिर ४ गतेको निर्वाचनका लागि मत माग्न गाउँ गाउँमा विभिन्न दलका उम्मेद्धारहरु गाउँ पसेका छन । गाउँमा भने कृषकहरुलाई बालि भित्र्याउनका लागि भ्याइनभ्याइ भएको छ । जिल्लाका विभिन्न स्थानमा नेताहरु खेतबारीमा पुगेर मत माग्न थालेका छन ।

कुनै उम्मेद्धारले तिहार पनि मतदाताको घरमा गएर मानेका छन भने कसैले आफ्नै घरमा तिहार मनाएका छन । पछिल्लो समय जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्धारहरुले सयुक्त रुपमा चुनावि अभियान संचालन गर्न जिल्ला र पालिका तहमा बैठक संचालन गरे संगै निर्वाचन क्षेत्रमा टिम परिचालन गरेका छन। नेकपा(माओवादी केन्द्र) र नोपलि कांग्रेसले आ आफ्ना दलका तर्फबाट अलग अलग बैठक गरे संगै सयुक्त बैठक राखेर पालिका स्तरमा अभियान संचालनमा अघि बढेका छन भने नेकपा(एमाले)ले खांडाचक्र नगरपालिकाबाट शुरु गरेको अभियान सान्नित्रिवेणि हुंदै रास्कोटमा बढेको छ ।

गठबन्धनमा रहेको तर निर्वाचन क्षेत्र ख मा प्रदेश सभाको उम्मेद्धारी दिएको एकिकृत समाजवादीले पलांता गाउँ पालिकामा अभियानमा जुटेको बताइएको् छ । बाम लोकतान्त्रिक गठबन्धनलाई सहमति दिने चर्चामा रहेका एकिकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले कुनै पनि हालतमा आफु पछि नहट्ने बताएका छन । उनले निर्वाचन क्षेत्र ख मा आफु विजयि हुनेमा ढुक्क रहेको बताएका छन । त्यसै गरी बाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन क्षेत्र ख का उम्मेद्धार नेपालि कांग्रेसका नेता हिक्मत बहादुर विष्टको टोलिले शनिबार सान्नित्रिवेणि गाउँ पालिकाबाट अभियान संचालन गरेको छ ।

एकिकृत समाजवादी विनाको टोलि सान्नित्रिवेणि गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र) र नेपालि कांगे्रेसका नेताहरुले अभियानको शुरुवात गरेका छन । त्यसै गरी निर्वाचन क्षेत्र क मा पूर्व मन्त्रि तथा नेकपा(एमाले)का तर्फबाट प्रदेश सभाका उम्मेद्धार कुर्मराज शाहीले आफ्ना सबै पालिकामा अभियान संचालन गरेका छन । उनि संगै प्रतिस्पर्धामा रहेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार नेकपा(माओवादी केन्द्र)का नेता दुर्ग रावतले घरदैलो अभियान शुरु गरेका छन । त्यसै गरी नेकपा(माओवादी केन्द्र)का प्रतिनिधि ुसभाका बागि उम्मेद्धार काशीचन्द्र बरालले निर्वाचन क्षेत्र क मा अभियान सम्पन्न गरेका छन ।

उनले जिल्लाभर आफु प्रतिको मावल बनेको र जित निश्चित भएको दावि गरेका छन । त्यसै गरी कालीकोट जिल्लामा बलियमो मानिदै आएको नेकपा(माओवादी केन्द्र) र नेपालि कांग्रेसको मतदाताको तुलनामा जित निश्चित भएकाले वाम लोकतान्त्रिक गठबन्धन विजयि हुनेमा दोधार नहुनु प्रतिनिधि सभाका उम्मेद्धार महेन्द्र बहादुर शाहीले् नेता तथा कार्यक्रताहरुलाई प्रशिक्षण दिदै अघि बढेका छन ।

प्राय गरी जिल्ला सदरमुकाम मान्मका हरेक कार्यक्रममा जोडिएका शाही गाउँमा भने पुग्न सकेका छैनन ।
कालीकोट जिल्लामा प्रतिनिधि सभाका उम्मेद्धारहरु मध्ये बाम लोकतान्त्रिक गठबन्धनका महेन्द्र बहादुर शाही, नेकपा(एमाले)का नगेन्द्र शाही र स्वतन्त्र उम्मेद्धार काशीचन्द्र बराल विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनले दुई पार्टी एक भएको बेला जित हुनेमा ढुक्क देखिएको छ भने एमाले उम्मेद्धार नगेन्द्र शाही पनि माओवादी केन्द्र भित्रको बागि उम्मेद्धारका कारण आफ्नो जित हुनेमा ढुक्क देखिएका्े छ । कालीकोट जिल्लामा माओवादी केन्द्रका ५० वडा र नेपालि कांग्रेसका १६ वटा वडामा जित हांसिल गरेको छ भने त्यसै गरी १६ वटा वडामा अन्य दलले विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित