आफुहरुले जिते पछि पलांति जनताको हितमा हुने काम गर्छाैं-बाम लोकतान्त्रिक गठबन्धन दल

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकामा भएको बाम लोकतान्त्रिक गठबन्धन दलहरुको सयुंक्त कार्यक्रममा संघ र प्रतिनिधि सभाका उम्मेद्धारहरुले आफु जितेर गएपछि सरकारले पलांताबासिको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिनिधि सभाका उम्मेद्धार तथा नेकपा(माओवादी केन्द्र)का पोलिट व्युरो सदस्य तथा कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाही र प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेद्धार तथा नेपालि कांग्रेसका महासमिति सदस्य हिक्मत विष्टले सो प्रतिवद्धता जनाएका हुन ।

पलांता गाउँ पालिकामा उर्लेरको जनलहर देखेर नेताहरु खुशि भएका छन ।सभालाइ सम्बोधन गर्दै बाम लोकतान्त्रिक गठबन्धन दलका नेताहरुले विगतमा पलांतालाई हेर्ने दृष्टिकोण फरक भएपनि अब त्यस्तो नहुने बताउदै आगामि दिनमा पलांतालाई विकासमुखि बनाउनेमा आफुहरु लागि पर्ने बताएका छन ।

जिल्ला भर बाम लोकतान्त्रिक दलको सयुक्त कार्यक्रम शुरु भएका छन जिल्ला स्तरमा सबै पालिकामा जनासभा र पालिकाका वडाहरुमा घरदैलो अभियान शुरु गरेको बताइएको छ ।

आज पचालझरना गाउँ पालिकामा चुनावि जनसभा हुने भएको छ भने शनिबार रास्कोट नगरपालिकामा चुनावि जनसभा हुने नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित