बिपदमा हामी : रोईरहेको राचुली – रणदिप सि

7
SHARES
15
VIEWS

कालीकोट । प्रकृति संगको जीवन संघर्ष मानव जिवनका लागि हरेक संघर्ष मध्यको अनिवार्य संघर्ष हो यही नियम कालिकोट जिल्लाको तिलागुफा नगर को वडा न ४ र ७ बालीमा लागू भएको छ ।
हामी सबै जिम्मेवार कमरेडहरु पार्टी को नवौ महाधिबेसनको लागि जाँदै थियौ लगातार भईरहेको अबिरलबर्षाका कारण थुप्रै अवरोधहरुका बाबजुतबाटो मै थियौ एका एक त्याहँको ईनन्चार्ज क रमेश हामी संगै हुनुहुन्थ्यो उहाँ लाई फोन अायो कि राचुलिमा मलामीगएका १३ जना मलामी हरुलाई माथीबाट अाईको खोला को बाढी ले बगायो ।त्यसको १० मिनेट पछी बालीमा पैरो ले घरपुरीदा ५ जना धुर्ब बिष्टको सपरिवार नै पुरिएर निधन भयो र १ भैंसी बाख्रा गोरु गाई सबै लग्यो भनेर एकछिन हाम्रो यात्रा पुरै रोकियो केन्द्रमा रिर्पोट गरियो जिल्ला भरीको रिर्पोट गरियो २१ कालिकोट बासी र एक जना बंगलादेशी नागरिक गरेर २२ जना को ज्यान गयो र सयौ घर भत्किएर बिचल्ली छ भनेर केन्द्रले उद्दार का लागि हामी हिनेको बाटोर घटनाको दुरी सोध्यो हामी दैलेखको राकम पुगिसकेको र पैदल यात्रा ३ दिन लाग्छ भने पछी महाधिबेशन मा सहभागी हुने महाधिबेशन पछी लग्गतै जाने निर्देशन भएपछी भावबिहल हुँदै तलतिर लाग्यौ र सेक्रेटरी क.शाहासी संग फोन सम्पर्क नभएपछी निर्बर्तमान सेक्रेटरीका हैषियतमा मेरो र क.बिराट सि को सयुक्त हस्ताक्षरित श्रदान्जली प्रेस नोट बाटोमै जारी गरियो ।
थुप्रै अफ्ठेरोको बिचबाट हामी उद्घाटन समारोहमा पुग्न सकेनौ र बन्दशत्रको पहिलो दिन पुगियो केही कमरेडहरु दोस्रो दिनमा पुग्नु भयो ।दोस्रो दिन ग्रुप बिभाजन को कार्यतालिका थियो ५ वटा जिल्ला र ३ जवस सहितको ग्रुप न ५ हाम्रो थियो र टिमले मलाई सहर्ष ग्रुप कमाण्डर को जिम्मा दियो आफ्नो ग्रुपको तर्फबाट बिधान प्रतिबेदन को धारणा शसक्त राख्नुका साथै कालिकोट को बाढीपहिरोले पुर्‍याएको क्षति को बिषयमा केन्द्रको विशेष ध्यान जाने गरि रिर्पोट राखियो । सिङ्गो हलनै भावुक भयो र केन्द्रको तर्फबाट क.प्रबक्ता प्रकाण्ड सिले तुरुन्तै प्रेस नोट जारी गर्नु भयो र दुख ब्यक्त गर्नु भयो । केही दिन हामी शिबगडी मै रहयौ र पछी ८ औं दिनमा महाधिबेशन ऐतिहासिक रुपमा सम्पन्न भयो ।
हामी केन्द्र ले मृतक परिवार लाई भनेर दिएको जनही २ हजारका दरले ४४ हजार निकासा दियो र हामी बाटो लाग्यौ हिन्दै बाटो को जटिलताले ढेलै भयो र हामी मात्रै १७ गते राचुली पुग्यौ स्थायि कमिटी सदस्य क.भरत सि को नेतृत्वमा केन्द्रिय सदस्य क रणदिप सि, जिल्ला सेक्रेटरी क शाहासि सि,नगर इन्चार्ज क रमेश सी सहित को टोलि राचुली पुग्यो त्यंहा पुग्दा योजनामा फेरबदल गर्‍यौ र बिकेन्द्रित मृतक परिवारको घरमा जाने निधो भयो र हामी मृतक मोतीलाल शाहीको घरमा गयौ पुरै गाउँ शोकमग्न भएको बेला मृतकको घर कस्तो थियो होला अनुमान गर्न सकिन्छ ?आगँनमा बसिरहेका बुबा लाल ब शाही र मृतकको श्रीमती मिमकोसा शाही लगायत छोरीहरु आंगनमै बस्नु भएको थियो ।
असाध्य अप्ठेरोको बिचबाट कुराको थालनी भयो हामी ले पार्टी को परिचय दियौ दिदै गर्दा सबै को आंखा बाट आंशुको भेलनै छुट्यो उहाँको १२ बर्षको सानो बाबू बाहेक ७५ कर्षको बुबा लाल ब को अर्को शाहारा छैन । पछी हामी सबै सम्हालियौं र छलफलबाट सानत्वना दियौ ।पार्टीलाई धन्यवाद दिनु भयो र हामी मुतक नरेश शाही को घरमा पुग्यौ त्या पनि झन दर्दनाग पीडा देखियो बुबाको एउटै छोरा फाल्गुणमा श्रमती ल्याएको मृतक नरेश शाही को बिबाहानै नगरी मृत्यु भएछ ।७ महिनाको पेट बोकेकी २१ बर्षकी बिधुवा बुहारी को मुखमा हेरी बुबा पदम ब शाहीले डाको छोडेर रुने बित्तिकै हाम्रो मन सम्हाल्न गार्हो भयो। ठगिएको मर्म ले गर्भमा रहेको पनि छोरी त होला पुरानो सस्कारले छोरानै मुख्य ठान्छ ।
त्यो कोणबाट बुबाको अबिब्यक्ती आयो तर फेरि आफैले नातिनी भएपनी सकुसल भए पुग्थ्यो २१ बर्षकी बुहारीलाई कसरी दिन काटली भन्दै आंशुको भेल रोकीएन लामो छलफल गरेउ पार्टी सरकारमा छैन ।आफै त जनताको भरमा छ यति को सहयोग कयौ हुन्छ दिएर खाएर हुदैन भेट्नु भयो ठूलो कुराहो धन्यवाद छ भनेर पार्टीलाई आशिस दिनु भयो अनि हामी उकालो लागेर गाउतिर लागेउ खेतमा धान माडेर घर लिने मान्छे नभएर खेतमै रहेछ अनि त्यो धान बोकेर घर पुर्‍याइदियौ र मृतक छत्र ब शाही को टोलपुगेउ र मृतक खगेन्द्र शाहीको घरमा पुगेउ र खगेन्द्र को बुबा र आमा बहिनी बस्नु भएको थियो। हामी संग एकजना भाइ राई ब थापा भाइ र सीता शाही ले ठूलो मद्दत गर्नु भयो । सबै मृतक परिवार लाई खगेन्द्र शाही को आंगनमा बोलाएर एकमुष्ट भेटघाट र छलफल राहात हस्तान्तरण गरियो त्यहां पनि जनता ले पार्टी लाई धन्यवाद दिनु भयो अरु पार्टी लाई भोट लुट्नमै ब्यस्त भएको बेला पार्टी ले हामीलाई सम्झनु नै ठूलो कुरा हो भन्नू भयो र अर्को कुरा जिल्ला दैबिक प्रकोपले हेलीकप्टर बाट चामल कम्मल लगाायत राहात सामाग्री दिने भनेर झारेको कुहिएको चामल पाएको तर कम्मल नपाएको गुनासो गर्नु भयो ।
चामल कुखुरा लाई हाल्छौ हेनर्नुहोस भनेर डल्ला परेको चामल देखाउनु भयो कस्तो निर्दयी र गैरजिम्मेवार राज्य त्यंहा नत खानेपानी छ नत बाटो घाटो नत सिचाई बचेको केही पनि छैन सिङ्गो गाउँ सोकमग्न छ ! सम्झाउने नियत छैन जनताको दुखमा साथ दिने निकाए नै छैन भएपनी पारदर्शी काम छैन । हाम्रो नाममा मोटाउनु भन्दा नदिएकै राम्रो भन्ने प्रतिकृया दिनु भयो १८ गते देखि २३ गते सम्म राचुलीमा १५ जना को ज्यान गएको गाउमा सेतै धोती लगाएकी कलिली बिधुवा महिला र सेतै कपडा लगाएका बा दाजुहरु भेटिन्छन गाउँ का मान्छेहरु को अझै होस छैन घरको त कुरै छोडौ गाउको बिच्चमै पहिरो आएर २ घर र पुरै खेत भत्काएको र पुरेको छ रोड नजिकका ३ वटा घर पुरै बगाएको छ ।
यो दुखद परिबेश ले मन निकै भावुक बनायो । हामी जनही रु २ हजार राहात सहित मृतक परिवारलाई भेटेर फर्कियौ र स्थायी कमिटी सदस्य क भरत सि कामको ब्यस्तताले मान्म आउनु भयो र म सहित क शाहासी र रमेश बाली लागेउ संख्याका हिसाबले राचुली बढी क्षति भयो पैरो र घरका हिसाबले बाली गाउँ पुरै क्षतबिच्क्षेद देखिय‍ मृतक धुव बिस्ट को घर सोधेर जाने काम भयो घर पुरै पुरिएको ले धुर्ब बिष्टको बुवा तिल ब बिष्ट यता पट्टि को अधिकारी को घरमा बस्नु हुदो रहेछ पुगियो र भेटघाट गरियो धुर्ब बिष्ट सहित ३ बच्चाको सव भेटिएको रहेछ र धुर्ब बिष्ट को श्रीमती को सब भेटिएको छैन उद्दार तथा खोजतलास गर्ने टिम ब्याग भईसकेक‍ रहेछ पुरै दर्दनाख पीडा को बिचमा बुबा तिल ब बिष्ट लाई भेटेर रु १० हजार राहात दिएर छलफल सहित फर्किने निधो भयो ।
बुुबा तिल ब बिष्ट ले यस्तो अप्ठेरो अबस्थामा रहेको पार्टी ले यस्तो सहयोग गर्नु मेरालागी १० लाख जस्तै लागेको छ २०७१ साल को भुकुम्पको बेला पुर्नर निर्माणका क्रममा पहिलो नेपाली सेना दोस्रो मा बिप्लव नेकपा हो भनेर समाचार सुनेउ तर अाज अाउदा त्यो पुष्टि भयो आउदै गर्नु भनेर भन्यवाद दिनु भयो अनि हामी बाटो लागेउ यस्तो छ।
त्यहां गाउमा नत खानेपानी नत हिड्ने बाटो नै बाली बाट सत्यदेबी माबी मा पढ्न जाने बिध्यार्थी हिड्ने बाटो छैन सिचाई छैन यस्तो पीडा छ गाउमा तर सरकारमा रहेका दलहरु मन्त्री बन्ने ठोकुवा गर्दै भोट मनग्नमै ब्यस्त छन ठुला ठुला बिकासका नारा घोकाई रहेका छन तर जनता लाई साना साना दैनिक भैपरी आउने समस्या ले सताई रहेको छ।
कयौ बस्तीहरु पुर्नरबास बिना सम्भव छैन लाजैपचाएकन र सत्ता को स्वादमा बाचेकाहरु बिजुली र पिज सडक को सपना देखाई रहेका छन् अझै त गाउमा सेतै कपडा लगाएका मान्छे छन गाउँ सोकमग्न छ तर मलाई भोटदिनु भनेर फुलका माला ले सजिज्एका फोटा का ठुला ठुला पोष्टर हरु टासेको देख्दा कस्ता निर्दयी समबेदनाहिन पार्टी र तिनका उम्मेदार र कार्यकर्ता।
यस्तो अबस्था बाट बाढी पिडितको जीवन ब्यतित भएक‍ छ र सरोकार निकाय मौन बसेक‍ छ हामी खबरदारी गर्छौ सक्छौ उद्दारमा सहयोगर सक्दैनी सरकार छोड निर्दयी सरकार र छटपटीएका जनताको अज्तरबिरोध को समाधान नेकपा जिन्दावाद छ मृतक परिवार मा धैयता नटुटोस मृतक हरुमा श्रदान्जली परिवार मा समबेदना …….।लेखक : बिप्लव नेकपाका केन्द्रिय सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित