जब अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधले प्रज्ञा भवन गुन्जियो…

7
SHARES
15
VIEWS

काठमाडौं । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता हुन् वा कार्यक्रम सञ्चालक, सबैले नछुटाइ र दोहोर्‍याएर गर्ने सम्बोधन, अभिवादन, जय नेपाल र लाल सलाम ।

दर्शक दीर्घामा खचाखच बसेका नेता कार्यकर्ताहरूको पनि त्यही माग र त्यही भावभंगिमा अभिवादन, जय नेपाल र लाल सलाम फर्काएपछि हरेक वक्ताले सम्बोधन सुरु गर्दा र अन्त्य गर्दा हल गुन्जायमान बन्थ्यो । वक्ता र स्रोताको लय देखेर बाक्लो संख्यामा उपस्थित सञ्चारकर्मी समेत चकित थिए ।

कमै सुन्न पाइने यस्तो सम्बोधन आइतबार प्रज्ञा भवन कमलादीमा सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति/मञ्चको संयुक्त भेलामा भएको थियो । भेलामा सहभागीहरूबीच अभिवादन, जय नेपाल र लाल सलामको संयुक्त सम्बोधन गुन्जिएको हो ।

सिन्धुपाल्चोकबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दाखिला गरेका साझा उम्मेदवार र विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका सिलसिलामा काठमाडौंमा रहेका मतदाताबीच परिचयका लागि भेला डाकिएको थियो ।

भेलामा प्रज्ञा भवनको हल भरिभराउ मात्रै भएन ठूलो संख्यामा नेता कार्यकर्ता नअटाएपछि बाहिरै परे । मध्याह्न कार्यक्रम सुरु गर्दै सञ्चालकले उपस्थित सबैलाई अभिवादन, जय नेपाल र लाल सलाम भनेर सम्बोधन गरे । हलले सोही सम्बोधन फर्कायो ।

प्रमुख अतिथि, सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले जय नेपाल, अभिवादन भनेर सम्बोधन गरे । गठबन्धनमा शंका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्दै, गाउँ बस्तिमा पुगेर साझा उम्मेदवारहरुलाई ठूलो मतान्तरले जिताउनु पर्ने धारणा राखे । केपी ओली जस्ता अधिनायकवादी र भ्रष्टाचारीहरूले टाउको उठाउन नपाउन भन्नका लागि पनि गठबन्धन जित्नुपर्ने बताएका उनले सम्बोधनको अत्यमा पनि जय नेपाल र अभिवादनको सम्बोधन गरे ।

विशेष अतिथि, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार एवं माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुबोध’को सम्बोधन अभिवादन, जय नेपाल र लाल सलाम थियो । क्षेत्र नं २ मा माओवादी र समाजवादीका नेता कार्यकर्ताले रुखको झण्डा बोकेर जति धेरै सक्रियता देखाउँछन्, क्षेत्र नं १ मा कांग्रेस कार्यकर्ताले त्यस्तै सक्रियता देखाउनेछन् भन्दै उनले गठबन्धनमा इमान्दार भएर लाग्न नेता कार्यकर्तालाई अपिल गरे । जितपछि पाँच वर्षसम्म साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जितलगत्तै विज्ञ विशेषज्ञहरूसँग बसेर योजनाबद्ध विकासका लागि खाका तयार गरी मोहन बस्नेतकै नेतृत्वमा अघि बढ्ने धारणा राखेका नेता सुबोधले अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधनबाटै मन्तव्य पूरा गरे ।

क्षेत्र नं २ को क बाट प्रदेशसभाका उम्मेदवार एवं माओवादी पोलिटब्युरो सदस्य युवराज दुलाल ‘सरद’को पनि सुरु र अन्यमा गर्ने सम्बोधन अभिवादन, जय नेपाल र लाल सलाम नै थियो । मोहन बस्नेतलाई डाइनामिक र एक्सन ओरिएन्टेड नेता भनेका उनले आफू टेष्टेड जनप्रतिनि भएको धारणा राखे ।

क्षेत्र नं १ को प्रदेश सभा ख का उम्मेदवार एवं माओवादीका बागमती प्रदेशका निर्वाचित अध्यक्ष सरल सहयात्री पौडेलले अभिवादन, जय नेपाल र लाल सलाम भन्दा पनि हल उसैगरि गुन्जियो जसरी मोहन बस्नेत, सुबोध, युवराज दुलाल र अन्य वक्ताको सम्बोधनले गुन्जिएको थियो । सबै दलको साझा प्रतिनिधि भएर काम गर्ने बताएका उनले पनि योजनाबद्ध विकासको खाकाबारे स्पष्ट गरे ।

एकिकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्य, समानुपातिक उम्मेदवार भगवती नेपाल, कांग्रेस नेता विष्णु विक्रम थापा, विकास लामा, क्षेत्र नं १ को क बाट प्रदेशसभाका लागि प्रत्यक्ष उम्मेदवार मसिना खड्का भण्डारी, क्षेत्र नं २ को ख बाट प्रत्यक्ष उम्मेदवार कृष्ण कुमार तामाङ समिरलगायत सबैले अभिवादन, जय नेपाल र लाल सलाम भनेर सम्बोधन गरेपछि हलको माहौल नै अभिवादन, जय नेपाल र लाल सलाममय बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित